पोखरा भाद्र २,
पोखराको जेठो सामाजिक संस्था तथा पोखराका उद्योगी व्यवसायीहरुको प्रतिनिधि मुलक संस्था पोखरा उद्योग वाणिज्य संघको महाधिवेसन नजिकिएको छ । प्रत्येक २÷२ वर्षमा पोखरा उद्योग वाणिज्य संघको महाधिवेसन हुने गर्दछ । यस पटक पोखरा उद्योग वाणिज्य संघको ७० औ वार्षिक अधिवेसन तथा ३५ औ महाधिवेसन भाद्र २८ र २९ गते सम्पनन हुन गर्ईरहेको छ । संघको श्रावण १५ गते वसेको कार्यसमितिको वैठकले भाद्र २८ गते र २९ गते महाधिवेसन गर्ने निर्णय गरेको हो । जस अनुसार २८ गते शुक्रवार उद्धाघाटन र २९ गते निर्वाचन हुने छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति नेतृत्वको कार्यकालको २ वर्ष सम्पनन हुन लागेपछि नयाँ नेतृत्वका चयनका लागि हुने यो महाधिवेसनलाई चासोका रुपमा हेरिएको छ ।
संघले महाधिवेसनको तालिका सार्वजनिक गरेपछि पोखराका उद्योगी व्यवसायीका नेताहरुलाई चुनाव लागेको छ । यस पटकको निर्वाचनमा अध्यक्ष पदमा ३४औ महाधिवेसनमा हालका अध्यक्ष पवन प्रजापतिसंग चुनाव हारेका संघका पूर्व महासचिव अर्जुन पोख्रलेल र संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका विचमा प्रतिष्प्रर्धा हुने देखिएको छ । ३४ औ महाधिवेसनमा पवन नेतृत्वको वरिष्ठ उपाध्यक्षमा वस्न नमानी पवनसंगै प्रतिष्प्रर्धा गरेर पोख्रुल अध्यक्षमा पराजित भएका थिए उनै पोख्ररेल हाल अध्यक्षमा निर्वाचन लडेर विगतको क्षतीपूर्ति लिनको लागि प्रयत्न गरिरहेका छन् । अर्कोतर्फ संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की स्वाभाविक रुपमा वरिष्ठ उपाध्यक्ष पछि अध्यक्ष वन्ने दाउमा रहेको देखिन्छ ।
पोखरा उद्योग वाणिज्य संघको ३५ औ महाधिवेसनमा अध्यक्षमा उमेद्धारी दिने घोषणा गरेका अर्जुन पोख्रेलले शनिवार पत्रकार सम्मेलन गरि पदाधिकारी सहितको प्यानल घोषणा गरेका छन् । संघमा पदाधिकारीमा रहेका अधिकांश पोख्रेलको प्यानलमा देखिएका छन् । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका उद्योग तर्फका उपाध्यक्ष उत्तममान वुद्धाचार्र्य, उद्योग तर्फको उपाध्यक्षमा हालका कोषाध्यक्ष दिनेश वास्तोला, र बाणिज्य तर्फको उपाध्यक्षमा हालका महासचिव वलराम आचार्य, महासचिवमा हालका उप महासचिव शोभा गौतम कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र उप महासचिवमा बालकृष्ण कोईरालाले उमेद्धवार दिने घोषणा गरेका छन् । अध्यक्षका अर्का दावेदार संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पनि छिट्टै प्यानल घोषणा गर्ने तयारी गरेका छन् । तर संघमा आफुसंगै काम गरेका र आफ्नो पक्षमा रहिरहेका केही पदाधिकारीहरुले पोख्रेलको प्यानलमा देखिएपछि कार्की अपठ्यारोमा परेका छन् ।
हाल निजी क्षेत्रको अवस्था नाजुक वनेको छ । कोरोनाकाल देखि थला परेको ब्यापार व्यवसाय अहिलेको आर्थिक मन्दीका कारण थप मर्माहत वनेको छ । वैकको सावा व्याज तिर्न नसकेर धेरै व्यापारी उद्योगीहरु आफ्नो व्यापार व्यवसायवाट पलायन भएको अवस्था छ । भाडा तिर्न नसकेर केही व्यापारीहरुले व्यापार छाडेका कारण मुख्य वजारका शटरहरु खाली हुदै गएको अवस्था छ । वैकहरुले निरन्तर व्याज घटाईरहदा पनि उद्योगी व्यवसायीले बैंकवाट रकमऋण लिएर लगानी गर्ने वातावरण वनेको छैन । यस्तो अवस्थाका विचमा निजी क्षेत्रका व्यवसायी उद्योगीहरुको प्रतिनिधि मुलक संस्था उद्योग वाणिज्य संघको महाधिवेसन हुन भईरहेको छ । नेतृत्वमा जानका लागि उद्योगी व्यवसायीका नेताहरुले चुनाव प्रचारका क्रममा उद्योगी व्यवसायीका समस्या समाधान गर्ने भन्दै वुँदागत हिसावमा प्रतिवद्धता समेत ब्यक्त गरेका छन् तर उद्योगी व्यवसायीहरु आफ्ना समस्या समाधान हुने कुरामा आशावादी देखिएका छैनन् ।