पोखरा भाद्र ३०,
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा कार्कीले १३३९ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धि अर्जुन पोख्रेलले ८८१ मत प्राप्त गरेका छन् । आईतवार साँझ मत गणना सकिएको थियो । संघको निर्वाचनको मिति घोषणा हुने वित्तकै यस अगाडि गोकर्ण कार्कीको टिममा भएका अधिकाशं पदाधिकारीहरुलाई आफ्नो टिममा राखेर चुनावी प्रतिष्पर्धामा होमिएका र जसरी पनि अध्यक्षमा जित्ने योजनाका साथ लागेका पोख्रेल कार्कीसंग ४५८ मतले पराजित भए । यस अगाडि पवन प्रजापतिको वरिष्ठ उपाध्यक्ष वन्न अस्वीकार गरि उनै प्रजापति संग चुनाव लडेर पराजित भएका पोख्रेल हाल फेरी गोकर्ण कार्कीसंग पराजित भएका छन् । यता आफ्नो टिमका सवै साथीहरुलाई अर्जुनले उनको टिममा लगेर प्रचारवाजी गरिरहदा पनि धैर्यताका साथ अर्जुन पोख्रेलको प्यानलमा रहेका भनिएका पदाधिकारीहरु आफैसंग रहेको भन्दै एक्लै चुनाव प्रचार गरेर पनि कार्कीले अध्यक्षमा अत्याधिक मतका साथ वाजी मारेका छन् । कार्कीले चुनाव जितेपछि अर्जुन पोख्रेलले आफ्नो टिममा भएका भनेका निर्विरोध निर्वाचित भएका अधिकाशं पदाधिकारहिरुकै साथ पाउको देखिएन । कार्कीलाई निर्विरोध भएका पदाधिकारीहरुका साथ साथै अधिकाशं पूर्व अध्यक्षहरुको साथ र समर्थन रहेको देखिन्छ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित कार्की संघका वरिष्ठ उपाध्यक्ष हुन् । शालिन स्वाभावका कार्की उद्योगी व्यवसायीका विच राम्रैसंग भिजेको, उनिहरुका सुख दुखमा एकाकार भएको तथा समस्या समाधानमा क्रियासिल रहेको नतिजाले देखाएको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोख्रेलका अगाडि कार्कीको बाहिरी प्रचार प्रचार फिका देखिएको भएपनि भित्री तयारी राम्रो देखियो । यो नतिजाले १ महिना सम्म अर्जुनसंगै हिडेका सहयात्रीहरुले पनि कार्कीलाई सुरुदेखिनै मन दिएका रहेछन् भन्ने प्रमाणित भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान वुद्धाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला, वाणिज्य तर्फको उपाध्यक्षमा वलराम आचार्य,महासचिवमा शोभा गौतम, कोषध्यक्षमा मनोज कुमार श्रेष्ठ यस अगाडिनै निविरोध निर्वाचित भईसकेका छन् । उप महासचिवमा सुदिप प्रधानाङ्ग निर्वाचित भएका छन् । खुल्ला तर्फको १० सदस्यमा ललित वहादुर कुंवर, देवेन्द्र प्रजु, सौगात थापा, भिम गौतम, दुधमान गुरुङ, टिकाराम सुवेदी, प्रदिप राजभण्डारी, यादव प्रसाद पोखरेल, रामचन्द्र तिमिल्सिना र जिवन प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।