पोखरा श्रावण, २०,
बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । उक्त टोलीले पोखरा काठमाण्डौ रेल मार्गको निर्माणमा चासो राखेको छ । रेलमार्गको विस्तृत अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको हो । छलफलका क्रममा पोखरा–काठमाडौँ रेलमार्गका विषयमा पनि कुराकानी भएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वताए । चिनीय टोलीसंग परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको वताएका थिए पोखराको लागि पर्यटन पहिलो प्राथमिकतामा रहेको भन्दै प्रमुखआचार्यले पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने टोली संगको कुराकनीमा वताएका थिए ।
सो क्रममाचिनिया टोलीले रेलमार्गका अलवा पोखराको औद्योगिक विकासको सम्भावना र जनशक्तिको उपलब्धता सहित परिचालनका विषयमा चासो राखेको थियो । कोरोना भाइरसको सङ्क्रमण पूर्व र पश्चात् चिनियाँ पर्यटकहरूको पोखरा आवागमनको दरका विषयमा समेत टोलीले जिज्ञासा राखेको वताईएको छ ।
हरित सहरी विकास र बृहत्तर पोखराको अवधारणा केन्द्रित विकासका नयाँ सम्भावनाहरूको सवालमा समेत चिनियाँचासो रहेको थियो । सो अवसरमा प्रमुख आचार्यले आफूहरू पोखराको दिगो भविष्यनिर्माण गर्ने दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको वताए । दिगो पर्यटन विकासका विभिन्न परियोजनाहरू सञ्चालनको क्रममा रहेका भन्दै पोखरा–काठमाडौँ रेलमार्ग निर्माणले गति लिएमा पोखराको पर्यटन र समग्र अर्थव्यवस्थामा सकारात्मक प्रभावहरू देखिने वताएका थिए ।
चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुपकम्पनी लिमिटेडका प्राविधिकहरू सम्मिलित टोलीले अध्ययन पश्चात तीनवर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदनतयार गरी पेस गर्ने जनाएको छ । काठमाडौँमा कार्यालय समेत खोलेरै काम सुरु गरेको चिनियाँ टोलीले हाल रेलमार्गको स्थलगत अवलोकन सहित अध्ययनको काम गरिरहेको छ । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।