पोखरा फागुन ३,
पोखरा भ्रमण वर्षको कार्यक्रम भव्य रुपमा चलिरहेको थियो । बिभिन्न टोल विकास संस्था, आमा समूह, विद्यालय , पर्यटन संग सम्वद्ध विभिन्न संघ संस्था लयगायत अन्य बिभिन्न संघ संस्थाका झाकी र्यालीहरु पोखरा प्रदर्शनी स्थलमा आईसकेका थिए । अतिथी लगायत आमन्त्रीत पाहुनाहरु पनि कार्यक्रममा आईसकेका थिए । अतिथीहरुको क्रमवद्ध रुपमा आसन ग्रहण गराउदा करिव आधा घण्टा समय खर्च भईसकेको थियो । अतिथीहरुको आसन ग्रहण भईसकेपछि पोखरा महानगरपालिकका उप प्रमुख मञ्जु देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गरिन् । त्यसपछि राष्ट्रिय गान सुरु भयो । राष्ट्रिय गान सकिएपछि पोखरा भ्रमण वर्षको उद्धघाटन लागि नेपाल सरकारका उप प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई कार्यक्रमको सञ्चालन गरिरहेका सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले वोलाए । अत्यन्तै राम्रो र सुव्यवस्थित तरिकाले चलिरहेको कार्यक्रमको उद्धघाटन उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेलले स्वीच थिचेर गरे । त्यसपछि ईलेक्ट्रिक फायर क्याण्डलहरु वल्न थाले अनि आयो पोखरा भ्रमण वर्ष २०२५ को लोगो सार्वजनिक गर्ने वेला त्यसै क्रममा वेलुन उडाएर लोगो सार्वजनिक गर्न लाग्दा तिनै वलिरहेका फायर स्काण्डलहरुवाट वेलुनमा आयो सल्कन पुग्यो र वेलुन ठूलो आवाजमा पड्किए । बेलुन पड्किएपछि उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेलको हात र अनुहारमा चोट लाग्यो भने पोखराका प्रमुख तथा पोखरा भ्रमण वर्ष २०२५ मुल समारोह समितिका अध्यक्ष धनराज आचार्यको देव्रे गालामा आगोको लप्काले पोलेको छ भने कपालको केही भाग पनि जलेको छ ।
पोखरा भ्रमण वर्षको उद्धघाटन कार्यक्रमको उद्धघाटनकै दौरान कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र कार्यक्रमको अध्यक्षता गरिरहेका पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य घाईते भए तत्पश्चात उप प्रधानमन्त्री पौडेललार्ई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिष्टेल अस्पतालमा उपचारका लागि लगिएको थियो । दुवै अस्पतालहरुले उप प्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरेपछि उहाँहरुलाई काठमाडौ , किर्तिपुर स्थित वर्न अस्पतालमा लगिएको छ ।
उहाँहरूलाई हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको हो । उहाँहरुको किर्तिपुर स्थित वर्न हस्पिटलमा उपचार भईरहेको छ । दुवै जनाको अवस्था सामान्य रहेको छ ।
पोखरा भ्रमण वर्षको उद्धघाटन कार्यक्रममा असावधानीपूर्वक बेलुन पड्कदा कार्यक्रमका प्रमुख अतिथी उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र आर्यक्रमको अध्यक्षता गरिरहेका पोखरा महानगरपालिकका मेयर धनराज आचार्य घाईते भएपछि कार्यक्रम निक्कै खल्लो हुन पुगेको छ । उहाहरु घाईते भएर उपचारका लागि अस्पताल लगेपछि सहभागिहरु पनि नमज्जा मान्दै कार्यक्रम स्थलवाट क्रमश वाहिरिएका थिए ।
यसै विच किर्तिपुर अस्पतालले एक विज्ञप्ती प्रकाशित गर्दै उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य दिउसो ३.३० वजे उपचारका लागि सघन उपचार कक्षमा भर्ना हुनुभएको जनाएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले स्वास नलि र फोक्सोमा असर गर्न सक्ने संभावना रहेकाले उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने जनाएको छ । उहाहरुको उपचारमा प्र. डा. विडि झा, डा. प्रविण गिरी, लगायत सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई डा. विशाल कार्की, डा. मनिष यादव लगायत जलन विषेशज्ञहरुको टोली लगायतको मेडिकल टिम उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ । हाल सामाजिक सञ्जाल लगायतका माद्यमवाट उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सिघ्र स्वास्थ्य लाभको कामना गरिएका छन् । फेवापोष्ट खवर पनि उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

