पोखरा, माघ ४,
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको स्वकीय सचिवमा नेकपा एकिकृत समाजवादीका युवा नेता पूर्ण लामा नियुक्त भएका छन् । आज महानगरपालिकाका प्रमुख आचार्यले लामालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । पोखरा १३ निवासी लामा नेकपा एकिकृत समाजवादी कास्कीका उपाध्यक्ष तथा युव संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
लामा युवाहरु विच अत्यन्तै राम्रो छवी वनाएका प्रखर वक्ताको रुपमा परिचित छन् । पोखरा महानगरपालिकाको हरेक क्षेत्रलाई राम्ररी वुझेका लामा महानगरपालिकाको प्रमुखको सचिवालयमा रहदा पोखरा महानगरपालिकाको बिकास निर्माण , नगरवासीका समस्या, फोहर मैलाको व्यवस्थापन, लगायतका विषयमा महानगर प्रमुख आचार्यलार्ई सघाउ पुग्ने विश्वास लिईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।