पोखरा असोज २,
पोखरा महानगरपालिका वडा नं १६ र १९ का नागरिकहरुले निशुल्क एम्वुलेन्स सेवा पाउने भएका छन् । नवआदर्श सामुदायिक विकास समाज र पोखरा १६ मै रहेको मातृ शिसु मितेरी अस्पत्तालले एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सव वाहन सेवा समेत समाजले उपलब्ध गराउने वताईएको छ । एम्वुलेन्स सञ्चालन गर्दा लाग्ेको खर्चको भुत्तःानी भने वडा कार्यालयहरुले समाजलाई दिनेछन् । वडा कार्यालयहरुको आमापोषण कार्यक्रम अन्तरगर्तको वजेटवाट भुक्तानी दिईने वताईएको छ । हिजो असोज १ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीमा एम्वुलेन्स सञ्चालन सम्वन्धि संझौता पत्रमा हस्ताक्षर गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवाउपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना र पुष्पेन्द्र पाण्डे , समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता एक वर्षसम्म कायम रहने वताईएको छ ।
सम्झौताअनुसार पोखरा १६ र १९ का जनताले नवआदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवालिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले वताए । एम्बुलेन्स सेवाका लागि नवआदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वताए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच पु¥याउनकालागि यो संझौता महत्वपूर्ण हुने वताए ।
पोखरा महानगरपालिका वडा नं १६ र १९ का नागरिकहरुका लागि निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउनु लाई सकारात्मक कामका रुपमा लिईएको छ ।
पोखरा महानगरपालिकका २ वटा वडाले वडावासीहरुका लागि निशुल्क एम्वुलेन्स सञ्चालन गरेजस्तै अन्य वडाहरुले पनि निशुल्क एम्वुलेन्स सञ्चालन गर्न अव दवाव वढ्ने वताईन्छ । महानगरपालिकका २ वटा वडामा निशुल्क एम्वुलेन्स सञ्चालन हुने अन्य वडामा निशुल्क एम्वुलेन्सको सेवा नहुँदा अन्य वडाका वासिन्दाहरुमा पक्कै पनि असन्तुष्ठी वढ्ने देखिन्छ त्यसैले पोखरा महानगरपालिकाले आवश्यक वजेटको व्यवस्था गरि महानगरपालिकका सवै नागरिकहरुका लागि निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउन सकेको खण्डमा यसले महानगरवासीहरुलाइ ठूलो राहत मिल्ने तथा देशभरीमा सकारात्मक सन्देश जाने नगरवासीहरु वताउछन् ।