पोखरा, कार्तिक ,२८
कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं १६ वाट हिजो कार्तिक २७ गते जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जनाएको छ । पोखरा महानगरपालिका वडा नं.१६ अमरदिप स्थित गौमाया गुरुङले आफ्नै घर कोठा भित्र जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोली सो ठाउमा पुगेको थियो । प्रहरीले गौ माया गुरुङको घरवाट जुवातास खेलिरहेका ७ जनालाई नगद रु.१,१२,०९०।– (एक लाख बाह्रा हजार नब्बे रुपैयाँ) र २१२ पत्ति तास सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । हारजित हुनेगरी जुवातास खेलिरहेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन (१०)दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत शर्माले वताए ।
यसरी पक्राउ पर्नेहरुमा पोखरा म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ४० का कृष्ण गुरुङ ,पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर बस्ने वर्ष ६४ का गौमान गुरुङ ,पोखरा म.न.पा. वडा नं. १६ अमर दिप बस्ने वर्ष ४५ की गौमाया गुरुङ ,पोखरा म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ३८ की जुनिता भट्टचन ,पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर बस्ने वर्ष ४८ की रुपा गुरुङ ,पोखरा म.न.पा.वडा नं. १३ पाटनबेशी बस्ने वर्ष ४० का हेमजार गुरुङ र पोखरा म.न.पा. वडा नं. २७ अर्घौचोक बस्ने वर्ष ४६ का बुद्धि बहादुर गुरुङ रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।