पोखरा ,श्रावण ४,
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कील श्रावण ४ गते आज पोखरा–२५ हेम्जा मिलनचोक स्थित पोखरा–बाग्लुङ सडक खण्डमा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधी, ट्राफिक प्रहरी, सवारी चालक तथा वडा वासिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछानेले आम नागरिकले आ–आफनो ठाउँबाट आपनो दायित्व पूरा गरेमा मात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने वताए । ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै सबैको साथ र सहयोगको लागि लामिछानेले अपिल समेत गरेका थिए । लामिछानेले सो अवसरमा उपस्थित सबैलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।