पोखरा वैशाख २३,
पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालकको शव फेलापरेको छ । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४÷१५ को सोनम सुवेदी पौडि खेल्ने क्रममा हर्पन खोलामा डुबेर बेपत्ता भएका थिए । उनिसंगै पौडि खेल्न गएका अर्का साथीले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई सोनम पौडि खेल्ने क्रममा वेपत्ता भएको जानकारी गराएका थिए । सो जानकारी ससस्त्र प्रहरीलाई हुनासाथ सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद उद्धार एवं गोताखोर टोलीले उद्धारको क्रममा हर्पन खोलामा खोज तथा उद्धारको काम गरि २ वजे र २० मिनेतको समयमा वालकको शव निकालेको जानकारी कालिका गणका गणपति एसपी अरुण शर्मा पौडेलले दिएका छन् ।