पोखरा श्रावण ६,
प्रधानमन्त्री केपि शर्मा ओलीले दुई तिहाई मत प्राप्त गरेका छन् । सवैभन्दा ठूलो दल नेपाली काँग्रेसको सहयोगमा प्रधानमन्त्री वनेका एमाले अध्यक्ष केपि ओलीले आज प्रतिनिधि सभामा नेपाली काँग्रेस, आफ्नै पार्टि नेकपा एमालेका जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद अमरेश कुमार सिंहको गरि १८८ मत प्राप्त गरेका छन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा ओलीले प्राप्त गरेको मत दुई तिहाई हो । १८२ सांसदको मत ले २ तिहाई पुग्ने हुँदा ओलीले १८८ मत ल्याएर स्पष्ट रुपमा दुई तिहाई सांसदको समर्थन प्राप्त गरेका छन् । ओलीले दुई तिहाई मत पाएपनि ओली नेतृत्वको सरकारलाई राष्ट्रिय सरकार वनाउने काँग्रेस एमालेको योजना भने सफल हुन सकेन । प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टि, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र प्रभु साहले मतदान गरे । नेमकिपा भने तटस्थ वसेको छ । आज प्रतिनिधि सभामा २६३ सांसद मात्रै उपस्थित रहेको सभामुख देवराज घिमिरेले मत परिणाम सुनाउदा वताएका थिए ।
संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारका ५ प्राथमिकता सुनाएका थिए । काँग्रेस एमालेले मुलुकका महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको र मुलुकलार्ई निकास दिने काम गरेकाले गम्भिर अवस्थामा रहेको मुलुकलाई निकास दिने काम पनि आफ्नो नेतृत्वको सरकारले गर्ने वताएका थिए । यो सरकार वनेपछि नेपालको पूँजी वजार ४०० अंकले वढेको, नेपालको निजी क्षेत्र आशावादी वनेको ओलीले वताए । अव परिणाम निस्कने गरि काम गर्ने प्रधानमन्त्री ओलीले वताए । आफुले २ वर्ष सरकारको नेतृत्व गर्ने र वाँकी कार्यकालको नेतृत्व गर्दै ०८४ सालको चुनाव सम्पन्न गर्ने सरकारको नेतृत्व शेरवहादुर देउवाले गर्ने प्रधानमन्त्री ओलीले वताए । प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै गर्दा काँग्रेस र एमालेका विच भएको ७ वुँदे सहमती सार्वजनिक गरेका थिए । संसदमा वोल्दै नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले ओलीको नेतृत्वमा मुलुकले उन्नतीको वाटो समात्ने वताए । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सवै दललाई विश्वासमा लिएर संविधान संसोधन गरिने वताए ।
नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले प्रधानमन्त्रीले गलत आर्थिक सूचक प्रस्तुत गरेको भन्दै मिथ्याङ्कको साहार लिएर जनता नझुक्याउन आग्रह गरे । रास्वपा अध्यक्ष रवि लामिछानेले मुलुकलाई यो अवस्थामा ३४ वर्ष शासन गरेका पुराना दलले पु¥याएको वताए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान संसोधन आवश्यक भएपनि सवै दललाई मान्य हुने खालको वातावरण तयार गर्नुपर्ने वताए । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीले विगतमा गरेका क्रियाकलापका कारण विश्वास गर्न कठिन भएको भन्दै विश्वास जित्ने वतावरण तयार गर्न आग्रह गरे ।
आफुले विश्वासको मत मागेर नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एमालेका गोकर्ण विष्ठको भनाई सुनिसकेपछि प्रधानमन्त्री ओली संसदवाट वाहिरिएका थिए । ओली संसदवाट बाहिरिएपछि वोल्ने सवै जसो वक्ताहरुले आजको दिन संसदमा विश्वासको मत मागिरहदा संसदमै उपस्थित भएर सवैका कुरा सुन्नु पर्नेमा अरुका कुरा नसुनेर प्रधानमन्त्री संसदवाट हिडेको भन्दै ओलीको आलोचना गरेका थिए । पछि भने प्रधानमन्त्री ओली संसदमा उपस्थित भएर सांसदहरुले उठाएका सवालहरुको वारेमा जवाफ दिएका थिए ।