पोखरा फागुन १५,
पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । ं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष, नेपाल टेलिभिजनका पोखरा सम्वाददाता, गोरखापत्र दैनिकका गण्डकी व्यूरो प्रमुख तथा रेडियो वाराहीका कार्यकारी निर्देशक एवं नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा प्रचार बिभाग प्रमुख समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे कुस्मा नगरपालिका ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो ।
स्व. पौडेलका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) रहेका छन् ।
स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।