पोखरा, श्रावण १४,
पोखरा ११ फुलवारीमा रहेको फलवारी क्लवकोे ३२ औंवार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । अधिवेसनले मनोज वास्तोलाको अध्यक्षतामा नयाँ कार्यसिमितको चयन गरेको छ समितिको उपाध्यक्षमा जनार्दन बास्तोला, सविचमा युवराज बास्तोला, कोषाध्यक्षमा सावित्री पौडेल र सहसचिवमा कपिल बास्तोला निर्वाचित भएका छन् । क्लबको सदस्यहरुमा सुमन बास्तोला, सन्तोष भण्डारी, सविना बास्तोला, शिवराज पौडेल, अनन्तराज आचार्य र अन्जु ताम्राकार पौडेल निर्वाचित भएका छन् । यस अधि अधिवेसनको उद्धघाटन पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले गरेका थिए सो अवसरमा मन्तव्य ब्यक्त गर्दै कर्माचार्यले फूलबारी क्लब पोखराको गहनाभएको बताए । सामाजिक विकृति र विसंगतिलाई हटाई सक्षम, सरल र समृद्ध समाज निर्माणमा वडा कार्यालयबाट पूर्ण सहयोग हुने बताउँदै अध्यक्ष कर्माचार्यले मन, बचन, कर्मले सेवा गर्ने ब्यक्तिहरुको नेतृत्वले समाजमा परिवर्त ल्याउने कर्माचार्यले वताए ।
कार्यक्रममा पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले फूलबारी क्लबलाई अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्नु पर्ने समय आएको बताए । पैसा वचत गर्नु भन्दा पनि क्लबलाई राष्ट्रिय रुपमा परिचित बनाउन नयाँ नेतृत्वले नयाँ काम गर्नु पर्ने वास्तोललो वताए । क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सल्लाहकार दामोदर बास्तोला, शारदा देवी बास्तोला, सञ्जय किश्वर बास्तोला, पोखरा ११ का वडा सदस्य सुशील बास्तोला, फूलबारी ओमकार भजन समूहका अध्यक्ष दीपक पौडेल र कास्की जिल्ला टेवल टेनिस संघका सदस्य दीपक भण्डारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
क्लबले संस्थालाई सहयोग गरेको भन्दै समाजसेवी धर्मराज आचार्य र पत्रकार केदार धमलालाई दोसल्ला, करुवा र प्रशंसापत्रले सम्मान गरेको र वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको टेवल टेनिस खेल प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको क्लबका नव निर्वाचित उपाध्यक्ष जनार्दन बास्तोलाले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव जनार्दन बास्तोला र स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोज बास्तोलाले गरेका थिए ।