पोखरा चैत्र ४,
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । आज पर्यटकीय नगरी पोखराको लेकसाईड स्थित फेवातालको किनारमा आयोजना गरिएको एक भव्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटनको राजधानी भएको विधिवत घोषणा गरे । पोखराको विभिन्न क्षेत्रका मानिसहरुको ठूलो जमगट रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानुनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जबाफदेही तथा क्षमता विकासलाई योजनाबद्ध रूपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने समेत प्रधानमन्त्रीले वताए । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने भन्दै प्रधानमन्त्रीले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताए । पोखरा साच्किै पर्यटकीय क्षेत्र भएको वताउदै प्रधानमन्त्री प्रचण्डले पोखराको फेवाताल लगायतका ताल तलैया, विन्धवासीनी मन्दिर लगायतका मठ मन्दिरहरु, लगायतका पर्यटकीय गन्तव्यहरुको नामै लिएर पोखरा देश वासीको मात्रै नभई विदेशीहरुको पनि भ्रमणको रोजाईमा पर्ने गरेको वताए ।
प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानी कर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले सहजीकरणको निम्ति आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे । आगामी महिनामा आयोजना हुन लागेको लगानी सम्मेलनले समेत पोखराको पर्यटन विकासमा योगदान पु¥याउने उनले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने वताए । प्रधानमन्त्री प्रचण्डले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पु¥याउन पहल गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अव पोखरालाई पर्यटनको राजधानी भनेर विश्वले चिन्ने वताए । आफुहरुले प्रदेशको क्याविनेट वैठकवाट पोखरालाई पर्यटनको राजधानी वनाउने निर्णय गरिसकेको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले पोखरा पर्यटनको राजधानी भएपछि पोखरामा पर्यटकहरुको आवागमनमा तिव्रता आउने वताए । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखराको विकासमा स्व. रविन्द्र अधिकारीको महत्वपूर्ण भूमिका रहेको वताउदै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै गर्दा स्व रविन्द्र अधिकारीलाई भुल्न नहुने वताए । पोखरा उप महानगरपालिकाले तत्कालिन समयमा घोषणा गरेका पोखरा रत्नहरुको पनि पोखराको पर्यटनको प्रर्वद्धनमा महत्वपूर्ण योगदान रहेको अधिकारीले वताए । पोखरालाई पर्यटनको राजधानी घोषण गरेर मात्रै नहुने वताउदै घोषणालाई पूर्ण वनाउन लाग्नुपर्ने वताउदै अधिकारीले पोखरा पर्यटनको राजधानी घोषणा हुँदै गर्दा पोखरा मुग्लिन सडक निर्माणमा ध्यान दिन समेत आग्रह गरे । कार्यक्रममा स्वागत गर्दै पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय र।जधानी घोषणा गरेर दिगो पर्यटनको विकास मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पोखरालाई व्रण्डिङ गरिने वताए । प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भएपछि निस्चित कार्यविधि वनाएर पोखराको मुख्य वजार क्षेत्र २४ सै घण्टा खुल्ला हुने वताए ।
पोखरालाई पर्यटकीय राजधानी घोषाण गर्ने कार्यक्रम संगै सम्मान र सांगितिक कार्यक्रम पनि गरिएको छ । सो अवसरमा प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार एवं भाषाविद प्रा.डा. मुकुन्दशरण उपाध्यायलाई प्रधानमन्त्री प्रचण्डले सम्मान पत्र र दोसल्लाले सम्मान गरे । त्यसै गरि सु प्रशिद्ध गायक , संगितकार तथा साहित्यकार स्व प्रेम प्रकाश मल्ल र भूगो विद स्व. हर्क गुरुङलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
घोषणा कार्यक्रममा गयक प्रमोद खरेल, धर्मेन्द्र सेवान, प्रकाश सपुत, बिवेक श्रेष्ठ लगायतले पोखरा संग सम्वन्धित गित गाएर मनोरञ्जन दिलाएका थिए । त्यसै गरि गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारहरुले पनि विभिन्न सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रमकै अवसरमा गायक प्रकाश सपुतले आफुले गित गाउदै गर्दा कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, महानगरपालिकका प्रमुख धनराज आचार्य लगायतका अतिथीहरुलाई नचाएका थिए । यस अघि पोखराको वसुन्धरा पार्कवाट निस्केको ¥यालीमा विभिन्न स्थान र क्लष्टरवाट आएका संघ संस्थाहरु आ आफ्ना व्यानर र प्लेकार्ड सहित सहभागि भएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।