पोखरा, जेष्ठ,१४,
पोखराको लेकसाईडमा फेवातालको किनारमा रहेको रत्न मन्दिर गणतन्त्र प्राप्ति पछिका १५ वर्ष सम्म पनि खुल्ला गरिएन । तत्कालिन राजा महेन्द्रले पोखरामा आउदा बिश्राम गर्नका लागि रानी रत्न राज्यलक्ष्मी देवीको नाममा एउटा सुविधा सम्पन्न आकर्षक घर वनाए । उक्त घरलाई रात्न मन्दिर दरवार नाम दिईयोे । पोखराको अत्यन्तै मनमोहक फेवातालको किनारामा करिव ११ सय रोपनी क्षेत्रफलमा रत्न मन्दिर दरवार वनाईयो । रत्न मन्दिरमा पञ्चायतकालमा राजपरिवारका सदस्यहरु आएर वस्ने र बिश्राम गर्ने गर्दथे । तत्कालिन राजा महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र र राजपरिवारका अन्य सदस्यहरु पोखरा आउदा वस्न र आराम गर्न निर्माण गरिएको हो । सो मन्दिर पञ्चायतकालामा सर्वसाधारण मानिसहरुका लागि खुल्ला हुने त कुरै भएन । तर पञ्चायती व्यवस्था पछि गणतन्त्र आउदा सम्म पनि खुला भएन । त्यतिवेला राजाहरुले दर्शन भेटका लागि रत्न मन्दिरमा सर्वसाधारण मानिसलाई वोलाउदा उनिहरुले वाहिरवाट देखेको भएपनि रत्न मन्दिर भित्रका कोठा कोठामा प्रवेशको अनुमति थिएन । मुलुकवाट राजसंस्थाको अन्त्य भएर गणतन्त्र आई सकेको पनि १६ वर्ष पुगिसकेको छ तथापि रत्न मन्दिर खुल्ला गएिन । मुलुकमा गणतन्त्र घोषणा भएपनि नारायणहिटी राज दरवार लगायत तत्कालिन राजा विरेन्द्रको नाममा भएका सवै सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याईयो र अधिकांश ठाँउहरु सर्व साधारण मानिसहरुका लागि खुल्ला गरियो । नारायणहिटी राजदरवारलाई नारायणहिटी संग्रालयको रुपमा विकास गयिो तर पोखराको रत्न मन्दिर भने खुल्ला गर्न नेपाल सरकारले विलम्व गरिरहेका वेला यही जेष्ठ १५ गते भेली गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर सर्वसाधारण नागरिकहरुका लागि खुल्ला गरिने भएको छ ।
पोखराको रत्न मन्दिर नजिकै हिमागृह पनि रहेको छ । रत्न मन्दिर र हिमा गृहलाई अहिले पनि नेपाली सेनाले सुरक्षा दिईरहेको छ । रत्न मन्दिर र हिमा गृहलाई सर्व साधारणका लागि खुल्ला गर्न र यर्पटकिय आकर्षणको स्थलका रुपमा विकास गर्न पटकपटक आवाज उठाईएको भएपनि सरकारले यस वारेमा ध्यान दिएको थिएन । पोखराका पर्यटन व्यवसायी, राजनितीक दलका नेता, जन प्रतिनिधि , नागरिक समाज सवैले पोखराको रत्न मन्दिर खुल्ला गर्न बिभिन्न समयमा प्रधानमन्त्री, पर्यटन मन्त्री लयातलाई आग्रह गरेको भएपनि रत्न मन्दिर खुल्ला हुन सकेको थिएन । कास्की क्षेत्र नं २ वाट निर्वाचित तथा तत्कालिन नेपाल सरकारको संस्कृति नागरिक तथा पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीले रत्न मन्दिर खुल्ला गर्न पहल गरेको भएपनि अधिकारीको प्रयासले पनि सार्थकता पाउन सकेको थिएन । लामो समयसम्म रत्न मन्दिर खुल्ला नहुदा यहाका नागरिकहरुमा आशंका वढेको थियो । यसै विच पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य पोखराको मेयर निर्वाचित भएर आएपछि पोखराको रत्न मन्दिर र हिमा गृह सर्व साधारण नागरिकहरुका लागि खुल्ला गर्न पहल गर्ने प्रतिवद्धता गरेका थिए । प्रमुख आचार्य, पोखराका पर्यटन व्यवसायी, यहाका जनप्रतिनिधि, नागरिक समाजको समेत आग्रहमा नेपाल ट्रष्टले आज गणतन्त्र दिवसको दिन पारेर रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्दैछ । नेपाल सरकारका संस्कृती , पर्यटन तथा नागरिक उड्यन मन्त्री सुजन किरातीकोे विषेश उपस्थितीमा पोखराको रत्न मन्दिर खुल्ला गरिने नेपाल ट्रष्टका पोखरा कार्यालय प्रमुख योङजोन ले जानकारी दिएकी छन् । पोखरास्थित नेपाल ट्रस्टको कार्यालयका अनुसार दरबार प्रवेशमा टिकटको व्यवस्था गरिने भउको छ । टिकट दर कति हुने भन्ने हाल सम्म सार्वजनिक नगरिएको भएपनि मन्दिर खुल्ला गरेपछि सार्वजनिक गरिने वताईन्छ । रत्न मन्दिरको तीनतले दरबारमा ११ कोठा छन् । हरेक कोठामा रहेका फर्निचरका सामग्रीहरु बेतबाट बनेका र मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएको वताईएको छ । १५ गते रत्न मसीदर खुल्ला गरिनेभएपछि मन्दिर भित्र रंगरोगन गर्ने तथा विरुवा रोप्ने लगायतका कामहरु भएका छन् ।
केही दिन अगाडि पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले केही सञ्चारकर्मी सहित रत्न मन्दिरको निरिक्षण गरेर रत्न मन्दिर गणतन्त्र दिवसको दिन सर्वसाधारणका लागि खुल्ला गरिने जानकारी गराएका थिए । ऐतिहाशिक महत्व वोकेको, अत्यन्तै रमणिीय तथा अत्यन्तै विलासी जीवन विताउने तत्कालिन राजा तथा राजपरिवारले बिश्राम गर्ने स्थलको रुपमा परिचय पाएको रत्न मनिदर सर्वसाधारणका लागि खुलला गरेपछि पोखरामा पर्यटकहरुको आगमन वढ्ने, उनिहरुको वसाई लम्विने र यसले पोखराको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास लिईएको छ ।