कास्की क्षेत्र नं २ : पूर्व सहकर्मीहरुका बिचको रोचक प्रतिष्पर्धा, गुरुङको इन्ट्री

आगामी मंसीर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अव २७ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले कार्तिक १७ गते पछि मात्रै आमसभा सहितको प्रचार प्रसार गर्न पाईने नियम लगाएपछि हाल उम्मेद्वारहरू सम्पर्क कार्यालयहरु स्थापना गर्ने, घरदैलो गरेर मतदाता भेटघाट गर्ने, प्रचार प्रसार समितिहरु गठन गर्ने , जनसंगठनका भेला तथा वैठकहरु गरेर प्रचार प्रसारको योजना वनाउने काममा लागेका छन् । निर्वाचना आयोगले २५ जना भन्दा वढि मानिसको उपस्थितीमा सभाहरु गर्न नपार्ईने वताएको भएपनि बिभिन्न दल तथा ती दल सम्वद्ध उमेद्धवारहरुले निर्वाचन सम्पर्क कर्यालयहरु उद्धघाटन गर्ने क्रममा चुनावी सभाहरु झल्को दिनेगरि कार्यक्रम गरेको पाईएको छ ।
मंसीर ४ गतेको निर्वाचनको मिति नजिकीदै गर्दा कास्की जिल्लामा पनि प्रमुख दल लगायत अन्य दलहरु तथा स्वतन्त्र उमेद्धवारहरुले पनि आफ्ना चुनावी गतिविधिहरुलाई वढाएका छन् । ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको ४ दलीय गठवन्धन एकातिर छ भने अर्कोतिर नेकपा एमाले, राप्रपा नेपाल र परिवार दल सहितको गठवन्धन अर्कोतिर रहेको छ । अन्य कतिपय ठाँउहरुमा नेकपा एमाले र राप्रपा तथा मधेशमा एमाले र जसपा विच तालमेल भएको भएपनि कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टि र जनता समाजवादी पार्टि आ आफ्नै हिसावले प्रतिष्प्रर्धा गरिरहेका छन् । अन्य साना पार्टि सहित स्वतन्त्र उमेद्धवारहरु पनि प्रतिष्प्रर्धामा रहेका छन् ।
चुनावी प्रतिष्प्रर्धामा साना दल तथा स्वतन्त्र उमेद्धवारहरु भएको भएपनि मुख्य प्रतिष्प्रर्धा भनेको नेपाली काँग्रेस सहितको सत्तारुठ गठवन्धन र नेकपा एमाले सिहतको गठवन्धन विच हुने देखिएको छ । कास्की क्षेत्र नं २ को चुनावी अवस्थाको वारेमा चर्चा गर्दा यो निर्वाचन क्षेत्र कास्की जिल्लाको मद्य भागमा रहेको निर्वाचन क्षेत्र हो । पोखरा महानगरपालिकका ३३ वटा वडा मध्ये ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । ४२०४० महिला र ३७०९७ पुरुष गरि यो निर्वाचन क्षेत्रमा ७९१३७ मतदाता रहेका छन् । त्यसै गरि प्रदेश सभा अन्तर्गत २ (१)मा ५ वटा वडा र ४२२८२ मतदाता रहेका छन् । त्यसैगरि २(२)मा ६ वडा र ३८८५५ मतदाता रहेका छन् । कास्की क्षेत्र नं २ वाट प्रतिनिधि सभामा गठवन्धनको तर्फवाट नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य श्रीनाथ वराल र नेकपा एमालेवाट केन्द्रिय सदस्य बिद्या भट्टराई चुनावी प्रतिष्प्रर्धामा रहेका छन् । विगतमा एउटै पार्टि एमालेमा रहेका दुई नेताहरु एक अर्काका सहयोगी रहेका भएपनि हाल प्रतिष्प्रर्धिको रुपमा देखा परेका कारण यहाको चुनावी प्रतिष्प्रर्धा रोचक देखिएको छ । २०७४ सालको निर्वाचनमा स्व रविन्द्र अधिकारीलाई जिताउन र स्व अधिकारीको निधन पछि भएको उप निर्वाचनमा बिद्या भट्टराईलाई जिताउन मोर्चा समालेर हिडेका श्रीनाथ वराल हाल उनै बिद्यासंग प्रतिष्प्रर्धा गरेर चुनाव जित्ने रणनिती वनाईरहेका छन् । कास्की क्षेत्र नं २ तुलनात्मक रुपले एमालेको वलियो क्षेत्र मानिन्छ । नेकपा एमाले विभाजन पूर्व एमाले नेता रविन्द्र अधिकारीले ३ पटक चुनाव जितेर ह्याट्रिक गरेको यो क्षेत्रमा तत्कालि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घट्नामा निधन भएपछि भएको उप निर्वाचनमा स्व अधिकारीकै धर्म पत्नी बिद्या भट्टराईले चुनाव जितेकी थिईन् । भट्टराई निर्वातमान सांसद हुन् भने वराल कास्की जिल्ला विकास समितिका पू
र्व उपसभापति हुन् । २०७४ सालको निर्वाचनमा स्व अधिकारीले वाम गठवन्धनको वलमा चुनाव जितेका थिए भने त्यस पछिको उप निर्वाचनमा नेकपा विभाजन भएको थिएन भट्टराईले नेकपा भएको अवस्थामा चुनाव जितेकी थिईन् । हाल अवस्थामा निक्कै फेरवदल आएको छ । एकातिर नेकपा बिभाजित भएको अवस्था छ अर्कोतिर नेकपा एमाले पनि बिभाजित वनिसकेको छ । नेकपा एकिकृत समाजवादीका श्रीनाथ वराललाई गठवन्धनको साथ रहेको छ । उनि नेकपा एमाले विभाजन पूर्वदेखिनै नेकपा एमालेका एक त्यागी र निवार्थी नेताको रुपमा परिचय वनाईसकेका छन् । एमालेमा रहदा अवसर नपाएको नेताको रुपमा उनि चिनिन्छन् । नेकपा एमाले विभाजन पछि उनि नेकपा एकिकृत समाजवादीमा लागेका हुन् । गठवन्धनको साथ आफुलाई रहेको, २ नंवर क्षेत्रका मतदाताहरुको माया र सद्भाव आफुलाई रहेको, आफु यो क्षेत्रका मतदाताको हरेक सुख दुखमा साथै रहने र किास निर्माण र जन जिवीकको सवालमा साथ साथै रहने भएकाले आफुले चुनाव जित्ने वराल वताउछन् । लोकतन्त्र र संविधानको रक्षाका लागि र जुन सुकै गलत कुराहरुको विरोधमा आफु कसैसंग पनि संझौता नगर्ने भएका कारण पनि जनताले आफुला विजय वनाउनेमा ढेक्क रहेको वराल वताउछन् । गत वैशाखमा भएको स्थानिय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्र अन्तगर्त धेरै मतदाता रहेको पोखरा महानगरपालिकको प्रमुखमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले चुनाव जितेका कारण आफ्नो पार्टिको मत यो क्षेत्रमा धेरै रहेको र गठवन्धनको मत जोड्दा आफुले सजिलै चुनाव जित्ने दावी वरालको रहेको छ ।
यता नेकपा एमालेकी केन्द्रिय सदस्य तथा बौद्धिक ब्यक्तित्वको छवी वनाएकी बिद्या भट्टराई दोस्रोपटक चुनावमा होमिएकी छन् । प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल पुरा गर्न नपाएकाले दोस्रोपटक प्रतिनिधि सभामा चुनाव लडेको उनि वताउछिन् । स्व रविन्द्र अधिकारीका अधुरा सपनाा पुरा गर्न र आफुले विगतमा जनताहरु संग गरेका प्रतिवद्धताहरु पुरा गर्नको लागि आफुलाई यो क्षेत्रका मतदाताले मत दिने र चुनाव जिताउने उनि वताउछीन् । विगतमा ३ पटक र उप निर्वाचनमा समेत एमालेले जितेको कारण तीनै मतदाताले फेरी पनि आफुलाई जिताउनेमा विद्या ढुक्क देखिन्छीन् । गत स्थानिय तहको निर्वाचनमा यो क्षेत्रका ११ वडा मध्ये वडा नं २१,२०,१७, १५, र ८ गरि ५ वटा वडा एमालेले जितेको थियो भने गठवन्धनले वडा नं ३३,७,९,११,४,१६, गरि ६ वटा वडा जितेको थियो । यो क्षेत्रमा नेकपा एमाले र गठवन्धनको विचमा तिव्र प्रतिष्प्रर्धा हुने देखिन्छ । दुवै विगतमा एउटै पार्टिमा काम गरेका सहकर्मी भएपनि हाल उनिहरु एक अर्काका प्रतिष्प्रर्धि वनेका छन् । वराल लामो समय राजनिती गरेर आएका र राजनितीमै आफ्नो जीवन खर्चेका हुने भने भट्टराई प्राध्यापन क्षेबाट राजिनामा गरेर राजनितमा आएकी हुन् । दुई नेताको बिचमा तिव्र प्रतिष्प्रर्धा चलिरहदा यो क्षेत्रमा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री महादेव गुरुङ पनि उमेद्धवार वनेका छन् । उनले नेपाली काँग्रेसको तर्फवाट बागी उमेद्धवारी दिएका छन् । पार्टिले उमेद्धवारी फिर्ता गर्ने निर्देशन गरेको भएपनि उनले उमेद्धवारी फिर्ता गरेका छैनन् । उनले गठवन्धनको विरोध गर्दै आफुले रुख चिन्हमा भोट हाल्न चाहानेहरुलाई भोट हाल्ने वतावरण वनाउनका लागि उमेद्धवारी दिएको वताउदै गठवन्धनको विरोध गरेका छन् । नेपाली काँग्रेसवाट वागी उमेद्धवार वनेका गुरुङको कारण गठवन्धनलाई केही अफठ्यारो पर्ने देखिन्छ । गुरुङको उमेद्धवारी अन्तिम समय सम्म निस्कृय हुने आशामा गठवन्धन रहेको छ यसका लागि पहल भईरहेको गठवन्धनका नेताहरु वताउछन् । काँग्रेसका वागी उमेद्धवारको कारण आफुहरुलाई सहज भएकोले जित्ने आशमा एमाले रहेको छ । दुवै उमेद्धवारहरुले जित्ने दावी गरेको वेला चुनावी नतिजा जसको पक्षमा आएपनि यो क्षेत्रको प्रतिष्प्रर्धा भने निक्कै रोचक हुने देखिएको छ ।
यता प्रदेश सभा तर्फ २(१)मा गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने उमेद्धवार वनेका छन् भने नेकपा एमालेका भिम कार्की उमेद्धवार वनेका छन् । ४२२८२ मतदाता रहेको प्रदेश सभा निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकका वडा नं ३३,१७,२१,७ र १५ नं वडाहरु पर्दछन् । यो क्षेत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य भिम कार्की र नेकपा माओवादी केन्द्रका युवा नेता विश्वप्रकाश लामिछानेका विचमा प्रतिष्प्रर्धा हुँदै छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्ण वहादुर थापाले वाम गठवन्धनको तर्फवाट यो क्षेत्रवाट चुनाव जितेका थिए । गत स्थानिय तहको निर्वाचनमा यो क्षेत्रका ५ वटा वडा मध्ये वडा नं २१ १७ र १५ एमालेले जितेको हो भने वडा नं ३३ र ७ गठवन्धनको वलमा काँग्रेसले जितेका वडाहरु हुन् । हालको निर्वाचनमा गठवन्धन र नेकपा एमालेका विचको प्रतिष्प्रर्धामा कसले वाजी मर्ने हो एकिन भन्न सकिने अवस्था भने छैन । दुवै उमेद्धवारहरुले जित्ने दावी गरेका छन् ।
२ (२)मा गठवन्धनको तर्फवाट नेकपाली काँग्रेसका विन्दु कुमार थापा र नेकपा एमालेको तर्फवाट मिना कुमारी गुरुङ उमेद्धवार वनेकी छन् । थापा गण्डकी प्रदेश सरकारका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुन् भने गुरुङ प्रदेश सभाका निवार्तमान सदस्य हुन् । २०७४ सालको निर्वाचनमा थापाले यो क्षेत्रवाट नेपाली काँग्रेसवाट नरेश शंकर पालिखे वागी भएर उठ्दा समेत वाम गठवन्धनको तर्फवाट उमेद्धवार वनेका नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङलाई हराएका थिए । यो क्षेत्रमा थापा वलियो उमेद्धवारको रुपमा देखिन्छन् । तथापि नेकपा एमाले पनि कमजोर मानिदैन । यो क्षेत्र अन्तर्गत रहेका वडा नं ८,र २० मात्रै एमालेले जितेका वडा हुन् भने वडा नं ९,११,४, र १६ नेपाली काँग्रेसले गठवन्धनको तर्फवाट जितेका वडाहरु हुन् । दुई उमेद्धवारहरुको रस्सा कस्सीका विच चुनावी वाजी कसले मार्ने हो त्यो हेर्न भने मंसीर ४ नै कुर्नुपर्ला ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।