पोखरा ,भाद्र २३,
नेपाल बाल संगठन जिल्ला कार्य समिति कास्कीको आयोजना र बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा बालमन्दिर मा. वि.मा लष्टर विद्यालयस्तरीय तिजगीत प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयको ५९ औं वार्षिकोत्सव एवं राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा क्लष्टर अन्र्तगतका १५ वटा विद्यालयको सहभागिता रहेको थियो । आउदै गरेको हरीतालिका तिजको अवसरमा आयोजना गरिएको तिजगीत प्रतियोगीतामा प्रथम पुरस्कार कालिका मा.वि. रामवजारले प्राप्त गरेको थियो, त्यसै गरि द्वितीयमा वालमन्दिर मा.वि नदीपुर, तृतीयमा भद्रकाली मा.वि. पोखरा १३, र सन्तवना वाराही मावि मालेपाटनले प्राप्त गरेको थियो । उत्कृष्ठ भेषभुषा तर्फ श्री सितलादेवी मा.वि. रानिपौवा, उत्कृष्ट नृत्यमा महेन्द्र मा.वि. भलाम भएका थिए ।
नेपाल बाल संगठन कास्कीका सभापति वामदेव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथी लोक दोहोरी गायक पुरशोत्तम न्यौपाने, विद्यालयका प्रधानाध्यापक सुशील बस्नेत, महेन्द्र मा.वि ¥यालेचौर भलामका प्र अ. वोधराज पौडेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल वाल संगठन जिल्ला कार्य समिति कास्कीका उपाध्यक्ष रामहरी ढुङ्गानाले स्वागत र बाल मन्दिर मा.वि.का अतिरिक्त कृयाकलाप संयोजक तिलकबहादुर कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रमका अवसरमा प्रमुख अतिथी पुरुषोत्तम न्यौपाने, निर्णायक मण्डलका सदस्यहरु लोकदोहरीका चर्चित व्यक्तित्वहरु राम्जी पौडेल, ज्योती लोहनी र अमर बहादुर धितालले समेत आफ्ना प्रस्तुतीहरु राखेका थिए । नेपाल बाल संगठन जिल्ला कार्य समितिका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यालयका शिक्षक कर्मचारी र विद्यार्र्थीहरु, सहभागि विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरुको उपस्थितिमा उक्त प्रतियोगीता सम्पन्न भएको वाल मन्दिर माविका प्रधानाध्यापक सुशील वस्नेतले जानकारी दिए ।