पोखरा, चैत्र २,
उप राष्ट्रपतिको निर्वाचन भोली अर्थात चैत्र ३ गते हुदैछ । उप राष्ट्रपति का लागि नेकपा एमालेको तर्फवाट पार्टि उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य र गठवन्धनको तर्फवाट राम सहायप्रसाद यादव उमेद्धवार वनेका छन् । यद्यपि जनमत पार्टिको तर्फवाट पनि ममता झाको उमेद्धवारी परेको छ । सत्ता गठवन्धनको तर्फवाट उपराष्ट्रपतिको उमेद्धवार जनता समाजवादी पार्टिका रामशहायप्रसाद यादवलावनाउन सत्ता गठवन्धनका प्रमुख दलहरु नेपाली कााग्रेस, माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी लगायतका दलहरु सहमत भएको भएपनि जनमत पार्टि सहमत भएको छैन । जनमत पार्टिलार्ई मनाएर सामशहायलार्ई गठवन्धनको साझा उमेद्धवार वनाउने प्रयत्न जारी रहेको वतार्ईएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिका उमेद्धवार रामचन्द्र पोडेललार्ई मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टिले उप राष्ट्रपतिमा भने महिला उमेद्धवार यानेकी नेकपा एमालेकी अष्ठलक्ष्मी शाक्यलाई मत दिने संकेत गरेको छ । त्यसै कारण पनि सत्ता गठवन्धनदलहरु जनमत र नागरिक उन्मुक्ति पार्टिलार्य पकाउन लागिपरेका छन् ।
यसै विच निर्वाचन आयोगले भोलि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्रम शर्मा पोडेलले एक विज्ञप्ती जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग कटिवद्ध रहेको जनाएका छन् । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आयोगले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।