पोखरा मंसिर १

गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले यही मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
पोखरा सभागृहमा हुने उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए । कार्यक्रमवाट झण्डै ५ करोड संकलन गर्ने लक्ष रहेको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ रहने बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै सञ्चारकर्मी लगायत सवैमा कार्यक्रलाई सफल वनाउन अनुरोध गरेका थिए । कार्यक्रममा जिफानका उपाध्यक्ष सन्तोस कोन्मेले २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन गरिने वताए । महासचिव लब्सन गुरुङले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रमपनि गर्ने योजना भएको वताए । सो अवसरमा चलचित्र पत्रकार संघ कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको सो अवसरमा जानकारी दिईएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।