पोखरा कार्तिक २६
जीवनरक्षाका लागि रक्तदान भन्ने उद्देश्यका साथ नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालय पोखराको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा १३३ युनिट रगत सङ्कलन भएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले वताए ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्मा र विद्यालय निर्देशक त्रिभुवन शर्माले संयुक्तरूपमा पहिलो रक्तदाता विद्यालयका प्राचार्य नारायण बराललाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा शिक्षक कर्मचारी तथा दस जोड दुईमा अध्ययनरत विद्यार्थीहरूगरि १३३ जनाले रक्तदान गरेका थिए ।

विद्यालय प्रङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक नायक रोशन थापाले गरेका

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।