पोखरा जेष्ठ २९,
नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीको वैठक आज पोखरामा सम्पन्न भएको छ । आगामी आषाढ १६ गते देखि हुने सो पार्टिको १० औ राष्ट्रिय महाधिवेसन केन्द्रित उक्त वैठकको पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्धघाटन गरेका थिए । वैठक उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै नेपालले महाधिवेसनका लागि एउटौ दस्तावेज आएको वताए । महाधिवेसनमा सर्व सम्मत नेतृत्व चयन गरिने वताउदै सर्वसम्मत नेतृत्व चयनका लागि आफु वाधक नवन्ने वताए । ७ वटै प्रदेश कमिटीहरुले नेताहरुलाई नेतृत्वमा सर्वसम्मत गर्न आग्रह गरेको वताउदै कार्यकर्ताहरुको भावना अनुसार नेतृत्वमा सर्वसम्मत गरिने नेपालले वताए । जनताको बहुदलीय जनवादी कार्यक्रमनै पार्टिको आगामी कार्यक्रम हुने वताउदै अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादी कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको वताए । कम्युनिष्ट पार्टि भित्र लोकतान्त्रिक प्रतिष्प्रर्धा हुने कुरा, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने कुरा के सान्दर्भिक छैनन् भन्दै अध्यक्ष नेपालले के यी कुरा थोत्रा भए के यी कुरा पुराना भए भन्ने प्रतिपश्न गरे । मदन भण्डारीको नामै सुन्न नचाहानेहरुले जवजको विरोध गरेको नेपालले आरोप लगाए । जवज आफ्नो पार्टिको कार्यक्रम भएको तर मार्गदर्शक सिदान्त भने माक्सवाद र लेनीनवादनै रहेको नेपालले वताए ।
नेपाली राजनितीमा आफ्नो पार्टिको भूमिका निर्णयक रहेको वताउदै नेपालले आफ्नो पार्टिलाई कम नआक्न आग्रह गरे । आफ्नो पार्टि निर्णयक रहेकाले प्रधानमन्त्री र एमाले अध्यक्ष केपि ओलीले आफुलाई खोज्ने गरेको नेपालले वताए । मधेश प्रदेश लगायतका ठाँउमा आफ्नो पार्टिमा दिन प्रतिदिन मानिसहरु प्रवेश गरिरहेको वताउदै कम्युनिष्ट पार्टि निर्माण गरेको लामो अनुभव आफुसंग भएकाले यो पार्टि मुलुककै ठूलो पार्टि वन्ने नेपालले वताए । त्यसै विद्रोह गरिएको हैन पार्टि वनाउनका लागि हो भन्दै नेपालले विगतमा पार्टि निर्माण गर्दाका अनुभव सुनाएका थिए । केवल गुनास हरु मात्रै नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्दै नेपालले उच्च मनोवालका साथ पार्टि काममा लाग्ने हो भने आफ्नो पार्टि अव्वल पार्टि वन्ने वताए । सवै राजनितीक पार्टिको अवस्था उस्तै रहेको वताउदै नेपालले निरासा हुनुपर्ने कुनै कारण नरहेको भन्दै महाधिवेसन पछि पार्टि अझै ससक्त वन्ने वताए । मुलुकमा धेरै समस्या रहेको वताउदै कम्युनिष्ट पार्टिले नेतृत्व गरेका वेला जनतामा भएका निरास हटाउन सक्नुपर्ने वताए । आफुले प्रधानमन्त्री संग मुलुकका जल्दावल्दा समस्या समाधान गर्न सवै पार्टिका नेताहरु जो संग शासन सत्ताको लामो अनुभव छ उनिहरुलाई वोलाएर छलफल गर्न र समस्याको समाधानमा केन्द्रित हुन भनेको प्रसंग समेत नेपालले उल्लेख गरे ।
नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश समितीका अध्यक्ष श्रीनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटीका सदस्य तथा गण्डकीका ईञ्चार्ज तुल वहादुर गुरुङ, केन्द्रिय केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, उप सचिव द्धय कृष्ण नेपाली र शर्मिला पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।