पोखरा वैशाख २,
पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लबलफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँवर्ष २०८० को अवसरमा वैशाख १ गते सिलान्यास गरेका छन् ।
पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्याराफिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने , नाम अनुसारको पिलरमा सोही देशको झण्डा राखिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने वताए । प्याराफिटमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा रहने आचार्यले वताए । पार्कमा पत्रपत्रिका पढ्ने ,व्यवस्था मिलाइने, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्थाहुने र पार्कलार्य लर्निङ सेन्टरका रूपमा विकास गरिने प्रमुख आचार्यले वताए पार्क आसपासकोे क्षेत्रलाई वाई फाई फ्री जोन बनाइने समेत आचार्यले वताएका थिए ।

सो अवसरमा लायन्स क्लबअफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ ः) का गभर्नरहरु धनिराम बराल, रामबहादुर बसेल, धुव्र बहादुर श्रेष्ठले अन्तराष्ट्रिय झण्डा पाकर्क निर्माणले पोखरालार्य अन्तराष्ट्रिय स्तरमा चिनाउनका साथै पोखराको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा महानगरपालिका वडा नं.९ का अध्यक्षदीपेन्द्र मर्सानी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी १९७ झन्डाहरू राखिने पोखरा महानगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।