पोखरा मंसीर ५,
पोखरा महानगरपालिका वडा नं २९ पट्नेरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनको मृत्यु भएको प्रहरीले जनाएको छ । यही मंसीर ४ गते अन्दाजी वेलुकी ४ वजे तिर उक्त घट्ना भएको थियो पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नको लागि भिमलमा सुनारले करेन्ट लगाउने क्रममा करेन्ट लागी सुनार र उनकी श्रीमती सावित्री सुनार घाईते भएका थिए । उनिहरुलाई करेन्ट लागेको खवर प्रहरीलाई गरिएको र ईलाका प्हरी कार्यालय शिसुवावाट खटिएको प्रहरी टोलीले भिमवहादुर र उनकी श्रीमती सावित्रीलार्य उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याएको थियो । अस्पतालमा उपचारको क्रममा श्रीमान श्रीमती दुवैको मृत्यु भउको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त एवं प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । मृतक दुवै जना मुस्ताङ जोमसोम घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी डेरा गरी वसेका थिए ।