पोखरा

नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको जनसंगठन नेपाल दलित मुक्ति संगठन कास्कीको विस्तारित बैठक आज पोखरामा सम्पन्न भयो । वैठकमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एकिकृत समाजवादी लगायत गठवन्धनका उमेद्धवारहरुलाई विजय गराउन वडागत रुपमा संगठनका पदाधिकारीहरुको कार्य विभाजन गरियो । वैठकमा नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका पोखरा –१४ का लिल बहादुर नेपाली ,पोखरा –२३ का गोमा परियार–पोखरा–३३ का मनोज नेपाली,पोखरा–३३ का केशव नेपाली–पोखरा–२१ का ऋृषिराम बि.क.–पोखरा–१७ का सनम दमाल–पोखरा–१७ कै गोपाल बि.क.–पोखरा–१५ का .पूर्ण बहादुर –पोखरा–१५कै केशव राई–पोखरा–१६ का पस बहादुर बि.क पोखरा .–१६का राजु बिश्वकर्मा र पोखरा १६का राम बि.क लाई स्वागत गरिएको अध्यक्ष लाल वहादुर घतानेले वताए ।
मुक्ति संगठन कास्कीका अध्यक्ष लाल बहादुर घतानेको अध्यक्षता भएको विस्तारित वैठकमा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य चुडामणि जंगली, तुल वहादुर गुरुङ, शारदा प्रसाद सुवेदी , केन्दीय सदस्य कृष्ण नेपाली, कास्की अध्यक्ष खड्ग हमाल लगायतले मन्तव्य ब्यक्त गर्दै आसन्न निर्वाचनमा नेकपा एकिकृत समाजवादीको तर्फवाट कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उमेद्धवार श्रीनाथ वराल लगायत गठवन्धनका सवै उमेद्धवारहरुलार्ई विजयी गराउन निर्देशन दिएको नेकपा एकिकृत समाजवादी कास्कीका उप सचिव डिवी राईले जानकारी दिए । बैठक मुक्ति संगठन कास्कीका सचिव टंक बि.क.ले सन्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।