पोखरा वैशाख २८ ,
आफु मुख्यमन्त्रीको पिए हुँ भन्दै पोखरामा ठगी गर्ने पोखरा महानगरपालिका वडा नं ३१ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ घर भएका सुवास सुवेदीलाई वडा प्रहरी कार्यालयक वैदामको टालीले वैशाख २५ गते काठमाण्डौवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए । घट्ना विवरण अनुसार ति युवकले वैशाख २० गते पोखराको लेकसाईडमा रहेको एके टुर्स एण्ड ट्राभल्समा फोन गरि म मुख्यमन्त्रीको पिए हुँ तुरुन्तै पोखरा वाट काठमाण्डौ र काठमाण्डौवाट नेपालगञ्ज जाने हवाई टिकट काटि दिनु म क्यूआर कोडवाट पैसा पठाईदिन्छु भनेर टिक काट्न लगाउको र टिकट काटिसकेपछि पैसा नपठाएकोले ट्राभल्सका सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले ति युवकलाई खोजी गरिरहेको थियो । यसरी खोज्दै जाने क्रममा ति युवकलाई वडा प्रहरी कार्यालय वैदामको टालीले काठमाण्डौवाट पक्राउ गरेको र उनि माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसरी ठगी गर्ने सुवेदीलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।