पोखरा, असोज ६,
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई सार्वजनिक वसका कर्मचारीहरुले आफ्नो सवारी साधनमा चढ्न वाद्य वनाउने र त्यसका लागि यात्रुहरुलाई अनावश्यक दुख दिने, उनिहरुको झोला तान्ने, यात्रुले ईन्कार गर्दा पनि जवरजस्ती गरिरहने गुनासाहरु धेरै पहिला देखिनै आईरहन्थे । विषेश गरि वस पार्क तथा सार्वजनिक वस रोकनि ठाँउहरुमा यस्ता प्रकारका कामहरु गरेर यात्रुमाथि दुख दिने गुनासा आईरहेको सन्दर्भमा कास्की प्रहरीले त्यसतो गतिविधिमा संलग्न दुई जनालाई हिजो पृथ्वीचोकवाट नियन्त्रणमा लिएको छ । पोखरा म.न.पा. वडा नं.९ पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई जबरजस्ती आफ्नो सवारी साधनमा चढाउने तथा निजहरुको ईच्छा विपरीत जबरजस्ती गरी झोला समेत खोसाखोस गरी सार्बसाधरण लाई दुःख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने तनहुँ जिल्ला ब्यास न.पा. वडा नं.१४ स्थायी घर भइ हाल पोखरा म.न.पा. वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष २४ को मन्जित महरा र रौतहट जिल्ला गौर न.पा. स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ मियापाटन बस्ने वर्ष २४ को अमर शाहलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए उनिहरुलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत विकले वताए ।