पोखरा कार्तिक ८,
विहिवार विहान १० वज्दा नवज्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताहरु र सुर्यदर्शन सहकारीका वचत कर्ताहरुले विरोध प्रर्दशनको तयारी गरिसकेका थिए । विस्तारै पोखराको मुस्तङचोकमा सहकारी पिडितहरु जम्मा भए भने रास्वपाका नेता कार्यकर्ताहरु रत्नचोक देखि केही तल वाईचोकमा जम्मा भएका थिए । रास्वपका सभापति रवि लामिछानेको म्याद सकिएको र अदालत लैजाने दिन भएकाले पनि रास्वपाका कार्यकर्ताहरुले विहिवार आन्दोलनलाई थप शसक्त वनाउने अनुमानका विच सुरक्षा निकायले राम्रै तयारी पोखरामा गरेको थियो । दिउसो हुँदै गएपछि रास्वपाको विरोध प्रदर्शन हेर्न जानेहरुको संख्या ह्वात्तै वढेको थियो । एकातिर काँग्रेस एमालेको सहयोगमा भईरहेको सहकारी पिडितहरुको प्रदर्शन र अर्कोतिर रास्वपाको आन्दोलन दुवै पक्षको संभावित मुठभेडलाई ध्यानमा राखेर विहिवार सुरक्षा व्यवस्था पोखरामा कडा पारिएको थियो । पोखराको रत्नचोकवाट राष्ट्रवैक चोक जाने विच सडकमा रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले सडकमै वसेर प्रदर्शन गरेका कारण दिनभरी उक्त सडक अवरुद्ध भयो भने प्रहरीले रत्नचोकवाट दक्षीतर्फ जाने मुल सडक र शाखा सडकहरु वन्द गरिदिएको थियो त्यति मात्रै हैन रत्नतोकवाट पूर्वावाट नगवेलीटोल जाने सडक, राष्ट्रवैकचोक वाट पश्चिम सहिदचोक र जिल्ला अदालत जाने सडक, उत्तरतर्फ रत्नचोक जाने सडक,तथा पूर्व तर्फ मुस्ताङचोक तर्फ जाने सवै सडकहरु वन्द गरेका कारण मानिसहरुलाई आफ्ना निजी काम गर्न निक्कै सास्ती भएको थियो । उता रत्नचोकवाट जनपृय क्याम्पस हुँदै पुरानो एयरपोर्ट निस्कने सडकलाई पनि हरिप्रसाद चोकवाट नागढुङ्गा तर्फ मात्रै खुल्ला गरिएको थियो । रत्नचोवाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जाने सडक पनि वन्द गरिएको थियो ।
रास्वपाले राजनितीक प्रतिशोध विरुद्धको ऐकेवद्धताका लागि शान्तिपूर्ण नागरिक ¥याली नाम दिएर सडकमा कार्यकर्ताहरु पलेटी कसेर विरोध प्रदर्शन गरेका थिए । उनिहरुले वाई चोक वाट श्रीजना चोक श्रीजनाचोकवाट वाईचोक सम्म नारा लगाउदै ओहोर दोहर गरेका थिए । उनिहरुले न्याय मार्न पाईदैन , भष्ट सरकार मुर्दावाद, सहकारी पिडितलाई न्याय दे, प्रतिशोधको राजनिती वन्द गर जस्ता नारा लगाएका थिए । उता सहकारी पिडितहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए ।
यसै विच जिल्ला अदलत कास्कीमा रवि लामिछाने र सरका पक्षका वकिलहरुले वहस गरेका थिए । थुनछेकको वहस पछि न्यायाधिष चन्द्रकान्त पौडेलको ईजलासले रवि लामिछाने र छविलाल जोशीलार्य अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ । रवि र छविलाई ७ दिनको म्याद थपिएपछि रास्वपाका कार्यकर्ताहरु थप आक्रोसित देखिएका थिए । राष्ट्रबैकचोक क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।