पोखरा पौष २५,
नेकपा एकिकृत समाजवादी निकट यातायात मजदूर संगठन एकिकृत यातायात मजदुर संगठन नेपाल ( आईसिटीयु) ले राईडर्स यूनियन गठन गरिएको प्रति आपत्ति जनाएको छ । हिजो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सो संगठनका गण्डी प्रदेश अध्यक्ष तिलक विश्वकर्माले सार्वजनिक यातायातको हितमा लागिरहेको वताउने सत्ताधारी नेकपा एमाले निकट ट्रेड युनियन नेतृत्वले सार्वजनिक यातायता क्षेत्रलाई तहस नसह वनाउने उदेश्यले निती नियम र ऐनमै उललेख नभएका गैर कानूनी एप्स सञ्चालन गर्ने राईडर हरुको पक्षमा राईडर्स यूनियन गठन गरिएको प्रति र्भत्सना गरे ।
गण्डकी प्रदेश लगायत नेपाल भरीनै समस्याको रुपमा रहेको गैर कानूनी र असंवैधानीक एप्सहरुले सार्वजनिक यातायात तहसनहस वनाई यातायत व्यवस्था ऐन २०४९ र गण्डकी प्रदेश सवारी इेन २०७६को वर्खिलाप हुने गरि कार्य गरिरहेका एप्सको प्रयोग गरि सञ्चालन गरिएका सवारी साधनहरुको विरुद्धमा नेपाल यातायत व्यवसायी महासंघ, सार्वजनिक यातायत केन्द्रिय ममासंघ,र नेपालमा क्रियासिल ४ वटै मजदूर संगठनहरुले गण्डकी प्रदेश सरकारलाई ७ वुँदे माग राखी अल्टिमेटम दिई आन्दोलित भएको अवस्थामा सार्वजनिक यातायातको हितमा लागिरहेको वताउने हरुले राईडर्सहरुको यूनियन गठन गर्नु आफैमा हास्यासपद रहेको संगठनकोे ठहर रहेको विशव्कर्माले वताए ।
पछिल्लो समय गैर कानूनी एप्सको खारेजीको माग गर्दे सर्वोच्व अदालतमा परेको रिटमा अदालतले समेत एप्सको कानूनी व्यवस्था नभएकाले कानूनी व्यवस्था गरि सञ्चालन गर्न भन्ने निर्देशनात्मक आदेशलाई समेत पालना नगरेको विकले वताए । सार्वजनिक यातायात कालोप्लेटका मजदूरहरु संग दैनिक र मासिक रुपमा शुल्क उठाई सत्ताधारी दलका मजदूर नेताले तलव भत्ता खाने र अर्कोतिर निजी चारपाङग्रे र दुई पाङ्ग्रेको सवारीको हितमा राईडर्स यूनियन नेपालको कमिटी वनाउनेकाम गरेर सत्ताको नेतृत्व गर्ने नेकपा एमाले निकट ट्रेड युनियनले दोदोरा चरित्र देखाएको आरोप पनि पत्रकार सम्मेलनमा लगार्ईयो ।
सो अबसरमा नेपाल यातायात राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले यातायात क्षेत्र धराशायी बनाउने कार्यमा सरकार लागेको र सबै यातायातकर्मी एकै ठाऊमा उभिन आबस्यक रहेको उल्लेख गरवताए । त्यसै गरि सार्वजनिक यातायात केन्द्रीय महासंघका सचिव गान्धीराज गिरिले सरकारको नेतृत्वकर्ता दलले नै पछिल्लो समय राईड सेयरीङ्गका नाममा भएका गैर कानुनी तथा मजदुरमारा हर्कतकलाई संरक्षण गरेको विषय बाहिर आएको वताए । एकिकृत यातायात मजदुर संगठन नेपाल ( आईसिटीयु) का गण्डकी अध्यक्ष तिल वहादुर विश्वकर्मा ( तिलकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बज्रराज अधिकारीले गरेका थिए ।