वास्तविक भुटानी शरणार्थीहरुका नाममा मोटो रकम उठाएर नक्कली भुटानी शरणार्थी खडा गर्ने र अकूत सम्पत्ति जम्मा गर्ने काममा राजनितीको उच्च नेतृत्वनै लागेको देखिएको छ । झापाको वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा वसेका करिव ६ हजार वास्तबिक भुटानी शरणार्थीहरु अहिले पनि न भुटानी न नेपाली भएर वसेका छन् । त्यस्ता वास्तविक भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुर्नवास गराउन पहल गर्नु राज्यको दाईत्व हो तर राज्यको जिम्वेवार पदमा वसेकाहरु त्यो वास्तविकतालाई वोध नगरी नक्कली भुटानी शरणार्थी खडा गरेर पैसा असुल्ने काममा लागेको देख्दा मुलुकको शिरनै निहुरिएको छ । यस्तो कु कर्म गर्नेहरुलार्ई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग हाल जनस्तरवाट उठेको छ । सत्ता र शक्तिमा भएको वेला नियम कानून कार्यान्वयन गराउने उच्च ओहोदाका ब्यक्तिहरुनै नियम मिचेर गैर कानूनी धन्दामा संलग्न हुनु भनेको राज्य विरुद्धको द्रोह हो । यस्ता ब्यक्तिहरुलाई कुनै पनि वहानामा उन्मुक्ति दिनु हुदैन भन्ने माग हाल सवै जनताको रहेको छ । यो प्रकरणसंग स्वार्थ जोडिएका वाहेक कुनै पनि राजनितीक दलका नेता कार्यकर्ताहरु दोषीलाई उन्मुक्ति दिन नहुनेमा एक मत छन् । यो प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका टोप वहादुर रायमाझीलाई उनको पार्टिले वचाउन खोजेको छनक देखियो । लोकलाजका लागि निलम्वन गर्ने तर लुकाउने काममा एमाले नेतृत्वनै लागेको आम मानिसहरुले वताईरहेका छन् । हाल भने टोप बहादुरलार्य प्रहरीले पक्राउ गरिसकेको छ ।
टोप वहादुर रायमाझीको कुरा गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफु निर्दोश भएको कुरा उनले पटक पटक मिडियामा वताएका थिए । उनले आफु विरुद्ध पक्राउ पूर्जी जारी भएपछि पनि आफु माथि अन्याय भएको र त्यसको प्रतिवाद गर्ने वताएका थिए तर उनि किन लामो समय प्रहरीवाट भागे त ? एमाले अध्यक्ष केपि शर्मा ओलीले उप प्रधानमन्त्री भईसकेको ब्यक्तिलाई वाटैवाट किन पक्राउ गर्नुप¥यो भन्दै रायमाझीमाथि वारेन्ट जारी गर्दा असन्तुष्ठी जनाएर उनलार्ई वचाउन खोजेको, वारंवार प्रधानमन्त्री प्रचण्डलाई भेटेको जस्ता कुराले आशंका वढाएको छ । रायमाझी भागेको कुराले उनि यो अपराध कर्ममा सामेल भएको पुष्ठि गरिसकेको छ । नेकपा एमाले , नेपाली काँग्रेस या अन्य कुनै दलका जो सुकै नेता किन नहुन् उनिहरु दोषी देखिएभने उनिहरु माथि कारवाही हुनुपर्ने माग वलियो वन्दै गएको छ । पूर्व उप प्रधान मन्त्री तथा गृहमन्त्रीहरु तानिईसकेको अवस्थामा उनिहरु भन्दा माथिका ब्यक्तिहरु पनि संलग्न छन् भने प्रहरीले तिनीहरुलाई पनि छोड्नु हुँदैन । यो मुलुकको ईज्त संग जोडिएको विषय हो
मुलुकका जनता जागिसकेका छन् । एकातिर मुलुकमा देखिएको आम असन्तुष्ठी, गणतन्त्र पछिका दिनहरुमा वढेको व्यथिती, आर्थिक संकट, मूल्य वृद्धि, हरेक क्षेत्रमा देखिएको अराजकता र त्यसलाई रठूला राजनितीक दलहरुलेने प्रश्रय गरिरहेको वुझाई आम जनतामा रहेको कारण जनता ठूला राजनितीक दलका नेताहरु प्रति आशंकाको देष्टिले हेर्न थालेका छन् । मुलुक विग्रनुमा ठूला र धेरै समय मुलुक सञ्चालन गरेका दलहरुनै जिम्वेवार रहेको वुझाई जनताको रहेको वेला नक्कली भुटानी शरणार्थी प्रकरण वाहिरिएको छ । उक्त प्रकरणमा उच्च राजनितीक नेतृत्वको संलग्नता देखेपछि जनताको आक्रोस झनै वढेको छ । केही नेताहरुमा भ्रष्ट मानसिकता विकास भएको देखिन्छ । राजनिती गर्ने कमाउन हो , मोज मस्ती गर्न हो, जनतालाई जे जसो गरेपनि हुन्छ , यिनीहरु हाम्रा अगाडि निरिह छन् भन्ने मानसिकता पछिल्लो समय नेताहरुमा देखियो यसले राजनितीलाईनै भ्रष्टीकरण तिर लैजाने खतरा वढेको छ । जनतार्लाइ एउटा कुरा गरेर अल्मल्याउने भित्र भित्रै राज्य विरुद्धको अपराध कर्म गर्ने गरेको यो प्रकरणले पनि पुष्टि गरेको छ । अव यो प्रकरणको जरासम्म पुगेर यस प्रकरणका योजनाकार देखि संलग्न सवैलाई कानूनको दायरासम्म नल्याउने हो भने जनता चुप लागेर वस्नेवाला छैनन् । सरकारले यो प्रकरणलाई टुङ्गोमा पु¥याउन सकेन भने सरकार विरुद्धनै जनशागर उर्लने निस्चित छ । त्यो कुरा वुझेका उच्च तहका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठेकेको छ र उनिहरु यो वा त्यो नयाँ ईस्यू निकालेर यो प्रकरणलाई निस्तेज पार्न खोजिरहेका छनक देखिएका छन् तर जनताको अहिलेको दवावलाई रोक्न सक्ने तागत कुनै पनि राजनितीक दल वा नेतामा देखिदैन । यो प्रकरणमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्दछ र यो प्रकरणमा विभिन्न हिसावले सहयोग गनेर््हरुलाई पनि जनताको विचमा नाङ्गेझार पार्नुपर्दछ र कानूनी कठघरमा ल्याउनुपर्दछ । यो घट्नाका दोषीहरुमाथि कारवाही भयो भने अरुले यस्तो अपराध कर्म गर्ने आँट नआओस् । यो प्रकरण यस्तो पेचिलो वनेको छ की यसको विरुद्धमा कसैले वोल्न खोज्यो भने उ आफै सिद्धिने अवस्था छ । त्यसैले आशा गरौ नेपाल प्रहरीले यो प्रकरणको जरासम्म पुगेर छिट्टै सत्यतथ्य वाहिर ल्याउनेछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।