पोखरा फागुन ११,
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको मनोनयन दर्ता गर्ने दिन फागुन १३ गते आउन २ दिन वाँकी रहेका वेला राष्ट्रपतिमा सहमति खोज्न भन्दै नेताहरुको दौड धुप तिव्र वनेको छ । राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने नभए निर्वाचन हुने अवस्थाका विच राष्ट्रपति निर्वाचनलाई लिएर हालको समिकरण भत्कने र नयाँ समिकरण वन्ने संभावनालाई पनि नकार्न सकिने अवस्था छैन । पौष १० गतेको सहमति अनुसार राष्ट्रपति आफ्नो दलले प्रस्ताव गरेको ब्यक्तिले पाउनुपर्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति उल्लङ्घन गरेर गठवन्धन भत्काउन खोजेको एमालेको विश्लेषण भएपनि तत्कालै एमाले प्रधानमन्त्री दाहाललाई चिढाउने पक्षमा देखिएको छैन । नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिमा अगाडि सार्दा प्रधानमन्त्री दाहाललाई पनि सहज हुने र प्रधानमन्त्रीलाई साथमै लिएर सत्ता गठवन्धन जोगाउने र प्रदेशका सरकारहरु पनि जोगाउने रणनिती एमालेले वनाएको छ । सोही अनुसार राष्ट्रपतिमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम एमाले अध्यक्ष ओलीले वुधवारको प्रधानमन्त्री संगको भेटमा पनि राखेका थिए ।
एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको विचमा आईतवार साँझ भएको भेटघाटमा ओलीले पार्टि एकाता गर्न र राष्ट्रपति लिन घुमाउरो पारमा प्रस्ताव गरेको कुरा नेपालले आफ्नो पार्टिको सचिवालय वैठकमा बुधवार राखेका थिए । यस अधि नेपाल र प्रधानमन्त्री दाहाल विच भेटवार्ता भएको र ओलीको प्रस्तावका वारेमा पनि कुराकानी भएको थियो ।
उता काँग्रेस सभापति देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिच भेटवार्ता भएको र पुरानो गठवन्धन व्यूताउने विषयमा कुराकानी भएको नताहरुले वताएका छन् । वुधवारनै काँग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल संग भेटवर्ता गरेर राष्ट्रपति निर्वाचनको विषयमा कुराकानी गरेका थिए ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आफुलार्य प्रस्ताव गरेको विषयलाई लिएर नेकपा एसका अध्यक्ष नेपाल र काँग्रेस सभापति देउवा विच वुधवारनै भेटवार्ता भएको छ । महासचिव वेदुराम भूषाल र अर्का प्रभावशाली नेता घनश्याम भूषाललाई लिएर नेपाल देउवा भेट्न देउवा निवास पुगेका थिए । एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सारेपछि तरङ्गिित भएको राजनितीमा काँग्रेस शसंकीत देखिएको छ । तथापि ओलीले राष्ट्रपतिमा माधव नेपाल कार्ड फालेर अर्को षडयन्त्र गर्न थालेको आशंका काँग्रेस सभापति देउवा, प्रधानमन्त्री दाहाल र एसका अध्यक्ष नेपालले गरेको कुरा उनिहरुका भेटमा ब्यक्त विचारहरुवाट पनि देखिएको छ । वुधवारनै नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री दाहाललाई भेटेका छन् । भेटमा पुरानो ५ दलीय गठवन्धनलाई व्यूताउने गरि कुराकानी भएको वताईएको छ । विहिवार नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहितको संयुक्त छलफल पछि विहिवारनै पुरानो गठवन्धनलाई व्यूताउने विषयमा निर्णय हुन सक्ने वताईन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।