पोखरा ,फागुन २५,
मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० वजे देखि ३ वजे सम्म हुने निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु मतदाता रहेका छन् । संघिय संदका सदस्यहरुको मत भार ७९ र प्रदेश सभाको मत भार ४८ हुने छ । संघिय संसदका ३३४सदस्यहरुको मतभार २६३८६ र प्रदेश सभाका ५५० सदस्यहरुको मतभार २६ ४०० गरि यो निर्वाचनमा कुल ५२७८६ मत भार हुने छ । राष्ट्रपति निर्वाचनमा ८ दलीय गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फवाट पािर्ट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेद्धवार रहेका छन् । संसदमा चौथो ठूलो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टिले आज मात्रै राष्ट्रपति निर्वाचनमा कसलार्ई मत दिने भन्ने वारेमा निर्णय गर्ने जनाएको छ । राजावादी शक्तिको रुपमा चिनीएको राप्रपाले भने राष्ट्रपति निर्वाचनमा मतदान नगरि तटस्थ वस्ने निर्णय गरेको छ । ८ दलीय गठवन्धन संग मतभार वढि रहेको कारण नेपाली काँग्रेसका रामचन्द्र पौडेल यो निर्वाचनमा जितको नजिक रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।