पोखरा , मंसीर २५ ,
राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेले ३४,नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची शनिवार बुझाएका हुन् । संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ भने २९ जना महिला छानिएका छन् । नेपाली कांग्रसले बुझाएका समानुपातिक सांसदहरुमा
खसआर्य पुरुष तर्फ डा.प्रकाश शरण महत,मधेसी पुरुष तर्फ विमलेन्द्र निधि र दलित पुरुषमा कास्कीका जीवन परियार रहेका छन् । त्यसै गरि खस–आर्य महिलातर्फ अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा,ईश्वरी न्यौपाने, प्रतिमा गौतम,मञ्जु खाँण,रमा कोइराला,कान्तिका सेजुवाल,मैना रावल कार्की रहेका छन् । आदिवासी जनजाति महिलातर्फ
सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी,माया राई, कुसुम थापा मगर,मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ,रेनुका काउचा रहेका छन् काँग्रेसले पठाएको सूचीमा मधेसी महिलातर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी ,संगीता मण्डल रहेका छन् त्यसै गरि दलिततर्फ महासनाई नेपाली, शान्ति विक,रूपा विक ,सीता मिजार ,मुस्लिमतर्फ जावेदा खातुन,थारुतर्फ कल्पना चौधरी र बिनाकुमारी थनेत रहेका छन् ।
त्यसै गरि नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फका ३४ जनामा २२ महिला र १२ पुरुष छनौट गरेको छ । एमालेले आदिवासी–जनजाति कोटातर्फ देवीप्रसाद भट्टचन,हेमराज राई,कालुराम राई,नैनकला थापा मगर,सूर्यकुमारी श्रेष्ठ,उर्मिला थेवे,इश्वरी घर्ती,रणकुमारी बलम्पाकी मगर,शान्ति श्रेष्ठ,सरस्वती सुब्बालार्ई छनौट गरेको छ । त्यसै गरि खस आर्य पुरुषतर्फ रघुजी पन्त,एकनाथ ढकाल र दयालबहादुर शाही खस आर्यकै महिला कोटातर्फ मेनुकाकुमारी पोखरेल,सरिता भुसाल,शोभा ज्ञवाली ,बिजुला रायमाझी ,निर्मला कोइराला ,सम्झना थपलिया ,दीपा शर्मा,सुनिता बराल छनौटमा परेका छन् । थारु कोटातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी दलित कोटातर्फ ईश्वरबहादुर रिजाल,प्रभू हजारा पाशवान,चन्द्रबहादुर विश्वकर्मा,रुक्मिनी राना बराइली ,हर्कमाया विश्वकर्मा मधेशी कोटामा गंगाप्रसाद यादव,अमृत राजवंशी,विना देवी ,अमृतादेवी अग्रहरी ,प्रतिक्षा तिवारी मुखिया र मुस्लिम कोटातर्फ सराज अहमद फारुकीलाई छानेको छ ।
माओवादी केन्द्रले पनि आफ्नो पार्टिले समानूपातिक तर्फ प्राप्त गरेको १४ जनाको नामावली निर्वाचन आयोगमा वुझाएको छ । माओवादीले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ,खस आर्य पुरुष तर्फ हितराज पाण्डे, खस आर्य महिला तर्फ , ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी,नारायणी शर्मा, थारु महिला तर्फ रुपा सोसी चौधरी, दलित पुरुष तर्फ रणेन्द्र वराल,दलित महिला तर्फ सुशिला श्रीपाली ठकुरी,मधेशी महिला तर्फ मिना यादव,उमरावती देवी यादव र मुस्लिम महिला तर्फ कल्पना मियाँ रहेका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पाएका १३ जना सांसद चयन गरेको छ । उक्त पार्टिले दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की , डोलप्रसाद अर्याल ,निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।
त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टिले समानूपातिक तर्फ पाएका ७ जनामा खसआर्यवाट पशुपतिशमशेर जबरा,रोशन कार्की र गीता बस्नेत आदिवासी जनजाति पुरुषवाट बुद्धिमान तामाङ आदीवासी महिलावाट बिना लामा मधेशीवाट बिना जयसवाल रदलीतवाट अनिता नेपाली रहेका छन् । त्यसै गरि जनता समाजवादीले पाएका ५ जनामा खस आर्यवाट प्रकाश अधिकारी र रेखा यादव थापा, आदिवासी जनजातिवाट सुशीला श्रेष्ठ र मधेशीवाट रञ्जुकुमारी झा र मुस्लिमवाट ठाकुर सहनाज रहमान रहेका छन् । जनमत पार्टिले पाउका ५ जनामा मधेसीमा अनिता साह र बिनिताकुमारी सिंह ,खस आर्यवाट गोमा सापकोटा मुस्लिमवाट अब्दुल खान र सोनु मुर्मुर रहेका छन् ।
दलहरुले वुझाएको नामावलीमा कल्ष्टर नमिलेको, पहिला वुझाउको सूचीमा तल माथि परेको तथा अन्य कुनै त्ररटी रहेको भए त्यसलाई सच्याएर बुधवार अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।