पोखरा, कार्तिक १८,
पश्चिम नेपालको जाजरकोट जिल्लाको वारेकोट गाँउपालिका केन्द्र विन्दु भएर हिजो राती गएको ६.४ रेक्टरस्केलकोे भुकम्पले ठूलो मानविय क्षती भएको छ । उक्त भुकम्प पिडितहरुको राहत तथा उद्धारमा सहयोग गर्न पोखरा महानगरपालिकको एक टोली भुकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिका वडानं १ अध्यक्ष साहारा प्रधान र ७ नं वडाका अध्यक्ष राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको महानगरपालिकका प्रमुख धनराज आचार्यले जानकारी दिए । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको वताईएको छ ।
टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको र आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने प्रमुख आचार्यले वताए । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु.१३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको छ । पोखरा महानगरपालिकाले जम्मा ५० लाख वरावरको राहत उपलव्ध गराउने र थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद कोष बाट खर्च बेहोरिने समेत प्रमुख आचार्यले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।