पोखरा, कार्तिक २२,
माक्सवादी ज्ञान केन्द्र गण्डकीको आयोजनामा आज पोखरामा लोकपृयतावाद सिदान्त , समस्या र समाधान विषयमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । परिचर्चा कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिध सभा सदस्य माधव सापकोटा, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव श्रीनाथ वराल, नेकपाका पोलिटव्यूरो सदस्य आस्था सि अर्थात सावित्री दूरा, वाम वुद्धिजिवी रामराज रेग्मी,माक्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनोहरि तिमिल्सिनाले लोकपृयतावाद र यसले नेपालको राजनितीक क्षेत्रमा पारेको प्रभावका साथै अन्तराष्ट्रिय राजनितीमा खेलेको भूमिकको वारेमा चर्चा गरेका थिए । कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका सह प्रध्यापक भिमनाथ वरालले लोकपृयतावाद , यसको सिदान्त , समस्या र समाधान विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले समाजवादको व्याख्यामा एकरुपता नभएकाले लोकपृयतावादले फाईदा उठाएको वताए । लोकपृयतावादमा कुनै पनि विचार र दर्शन नहुने भन्दै सापकोटाले लोकपृयतावादले नारानै रोप्ने, नारानै फलाउने नारानै वितरण गर्ने र क्षणि रुपमा सफलता प्राप्त गरेजस्तो गरेपनि अन्तमा पानीको फोका जस्तै त्यसै विलाउने हुनाले यो धोकामा परिणत हुने वताए । रास्वपा तर्फ लक्षीत गर्दै सापकोटाले सडकमा भिड जम्मा गरेर आफ्ना कुरा लागु गर्न खोज्नु र जनमतलाई आफुतिर तान्न खोज्नु पनि लोकपृयतावाद भएको वताए । संसदमा पनि आफ्ना कुरा स्थापित गराउन रास्वपा सांसदहरुले लोकपृय कुरा गर्ने गरेको वताए । सिदान्त र दर्शनमा चलेका दलहरुले लोकपृयतावादलाई नअगाल्ने दावी सापकोटाले गरेका थिए ।
कार्यक्रमका अर्का वक्ता नेकपा एकिकृत समाजवादीका सचिव श्रीनाथ वरालले लाकपृयतावादले अराजकतालाई प्रश्रय दिने वताए । लोकपृयतावादले राष्ट्रियताको संवेदनसिलता वुझ्न नसक्ने र आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सस्ता खालका नारा दिएर जनमानसलाई केही समयका लागि दिग्भ्रमित पार्ने वरालले वताए । एउटा ब्यक्ति सर्वेसर्वा हुने र उसले भनेको सवैले मननुपर्ने हिरोईजम पनि लोकपृयतावाद हो भन्दै वरालले त्यस्तो खालको लोकपृयतावाद पनि धेरै समय नटिक्ने वताए । नेकपा एकिकृत समाजवादीले लोकपृयतावादलाई काउण्टर दिन आफ्नो पार्टिको १० औ महाधिवेसनवाट समाजवादी कार्यक्रम पास गरेको वरालले वताए । कार्यक्रममा नेकपाका पोलिटव्यूरो सदस्य आस्था सिले लोकपृयतावाद पूजीवादको एउटा हाँगा भएको वताउदै यसले समाजवादलाई आक्रमण गर्ने वताए । कार्यक्रममा वाम वुद्धिजिवी रामराज रेग्मीले जव राजनितीक पार्टिहरुको सिदान्तमा स्खलन आउछ त्यतिवेला लोकपृयतावादले टाउको उटाउने वताए । लोकपृयतावादको कुनै पनि वैचारिक जग नहुने भएपनि लोकपृयतावाद समाजका हरेक क्षेत्रमा जकडिएर रहेकाले यसवाट राजनितीक कर्मी देखि कोही पनि अछुतो नरहेको रेग्मीले वताए । कार्यक्रमका अर्का वक्ता माक्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनोहरि तिमिल्सिनाले लोकपृयतावादले स्थापित लोकतान्त्रिक मूल्य र मान्यता माथि हस्तक्षेप गर्ने वताए । माक्सवादी ज्ञान केन्द्र गण्डकीका अध्यक्ष भिम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तोता गोविन्द रिजालले वक्ताहरुसंग विषयसंग केन्द्रित रहेर सवाल राखेका थिए । कार्यक्रममा सहभागिहरुले पनि वक्ताहरुसंग विषय केन्द्रित प्रश्नहरु राखेका थिए ।