सवत्र चासोका रुपमा हेरिएको पोखरा अन्तराष्ट्रिय बिमानस्थल २०२३ को जनवरी १ देखि सञ्चालनमा ल्याउने तयारी भईरहेका वेला पोखरा महानगरपालिकालाई ल्यण्डफिल्ड साईड ब्यवस्थापनको चुनौती रहेको छ । पोखरा महानगरपालिकाले उपयुक्त ठाँउमा ल्याण्डफिल्ड साईडको खोजी गरिरहेको छ । महानगरपालिकाले जग्गा खरिद गरेरै भएपनि ल्याण्डफिल्ड साईडको व्यवस्थापन नगर्ने हो भने पोखरा अन्तराष्ट्रि विमानस्थल सञ्चालनमा वाधा उत्पन्न हुन जाने भएकाले महानगरपालिकाका प्रमुख धनराज आचार्य यतिवेला ल्याण्डफिल्ड साईड व्यवस्थापनको दवावमा छन् । त्यसैले पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको छ ।
यसे विच पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साईड राख्ने जग्गा एकिन गरिसकेको विषयले सामजिक सञ्जालमा ठाँउ पाएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो ल्याण्डफिल्ड साईडका विषयमा तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट परेका छन् ।
२०२३ को जनवरी १ वाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भईसकेको र त्यसका लागि पोखरा महानगरपालिकाले हाल रहेको ल्याण्डफिल्ड साईडलाई हटाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने दाईत्व पोखरा महानगरपालिकको रहेको वताउदै आचार्यले अहिले सम्म विभिन्न सात स्थानको अध्ययन गरिसकेको र यही ठाउँ भन्ने कुराको निर्णय भैनसकेको वताए । महानगरपालिकाले हेर्न गएका ठाँउमानै ल्याण्डफिल्ड साईड वनाउने हो की भनेर स्थानियहरुमा शंका हुनु स्वाभाविकनै भएको र सामाजिक सञ्जालमा चर्चा भएजसरी कुनै पनि ठाँउको वारेमा निर्णय नभएको प्रमुख आचार्यले स्पष्ट पारेका छन् । निर्णय भैनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा भ्रम छर्ने काम नगर्न प्रमुख आचार्यले सवैमा आव्हन गरेका छन् ।
अव व्यवस्थापन गरिने ल्याण्डफिल्ड साईडमा हाल पोखरा १४ को ल्याण्डफिल्ड साइडमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने भन्दै प्रमुख आचार्यले जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिने र त्यो औद्योगिक क्षेत्र भित्र पनि राख्न सकिने, बस्ती कै बिचमा पनि राख्न सकिने भएकाले यसको विषयमा तर्सनु पर्ने कुनै कारण नभएको प्रमुख आर्चायले महानगरवासीमा आग्रह गरेका छन् । प्लान्ट कस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी गराउने आचार्यले वताए । तर निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकहरूमा भ्रम सृजना गर्ने कार्य तत्काल बन्द गर्न प्रमुख आचार्यले सम्वन्धित सवैलाई सचेत गराएका छन् ।
पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्त्वपूर्ण कुराहरू सारा पोखरेलीहरूको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने वताउदै आचार्यले राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने वताए । क्यालीब्रेसन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पुरै सहयोग गर्ने प्रतिबद्धता समेत प्रमुख आचार्यले गरेका छन् ।