पोखरा , कार्तिक २६
पोखरा –१५ मा शनिवार ५ औँ संस्करणको सफाइ अभियान सम्पन्न भएको छ ।
पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको वडा अध्यक्ष तोरण वहादुर वानीयाले जानकारी दिए । सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडा नं १५का वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए । उनले पोखरा –१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए । साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा क्लब लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने उनले विश्वास व्यक्त गरे।

अभियानमा सहभागी सबैलाई वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियाले मास्क तथा ग्लोब वितरण गरेकी थिइन्।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।