नवराज सुवेदी
वंगलादेशमा चर्किको आन्दोलनको कारण प्रधानमन्त्री शेख हसिनाले राजिनामा मात्रै दिन परेन देशै छोडेर भाग्नु पर्ने अवस्था आयो । राजनितीक परिवारकी हसिना लोकतन्त्र प्रति प्रतिवद्ध थिईन् तर हाल उनलाई निरकंश वन्दै गएको आरोप लाग्यो र आन्दोलनको वलमा उनि सत्ताच्युत हुनुप¥यो । सन् १९४७ मा पूर्वी बङ्गालको एक मुस्लिम परिवारमा जसन्मएकी हसिनाको राजनितीमा प्रवेश रोचक छ । उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । उनी बङ्गलादेशका संस्थापक र राष्ट्रपिता थिए । सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराएर उनी देशको पहिलो राष्ट्रपति भए । त्यतिबेलानै शेख हसिनाले आफूलाई ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा स्थापित गरिन्
सन् १९७५ मा सैनिक विद्रोहका बेलामा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए । विदेश यात्रामा रहेकोले हसिना र उनकी कान्छी बहिनी रिहाना मात्र बाँचे । केही समय भारतमा निर्वासित जीवन बिताएपछि हसिना सन् १९८१ मा बङ्गलादेश फर्किइन् उनि पिताको राजनीतिक विरासत थाम्नका लागि अवामी लिगको नेता भइन् । अन्य राजनीतिक दलहरूसँग मिलेर उनले जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरिन् । वंगलादेशमा लोकतन्त्र आयो । लोतन्त्र आएपछि वंगलादेशमा शेख हसिना र खालिदा जिया दुई नेतृहरुको सत्तामा पुग्न रस्साकस्सी भईरहने गर्दथ्यो तर जियालार्ई शेख हसिनाले पछिल्लो समय निक्कै पछाडि पारिन् । १५ वर्ष उनले वंगलादेशमा निरन्तर शासन गरिन् । करिव १ वर्ष अगाडि भएको आम निर्वाचनमा उनै हसिना अध्यक्ष रहेको अवामी लिगले झण्डै दुई तिहाई मत पाएको घोषणा गरियो । विपक्षीहरुको विरोधका वावजुद हसिना वंगलादेशको प्रधानमन्त्री वनिन् । तर समयको गति संगै झण्डै दुई तिहाईको वलियो मानिएको सरकारलार्ई विद्यार्थीहरुको आन्दोलनले ढलिदियो । सरकार मात्रै ढालेन करिव १५ वर्ष निरन्तर सत्तामा रहेकी शक्तिशाली नेतृ शेख हसिनाको राजनितीक पतन भयो ।
वंगलादेशमा स्वतन्त्रताको आन्दोलनमा लागेकाहरुका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था रहेको थियो । उक्त व्यवस्थाले गर्दा पढेलेखेका युवाहरु सरकारी जागिर तथा अन्य खालका रोजगारीवाट वंचित थिए । यसरी वंगलादेशमा वेरोजगारहरुको संख्या दिनहुँ वढ्दै जान थालेपछि सरकारी आरक्षणको विरोध हुन थाल्यो । त्यसको विरोधमा विद्यार्थीहरु संगठित हुन थाले र त्यसले आन्दोलनको रुप लियो उक्त आन्दोलनमा विद्यार्थीहरु मात्रै भएनन् आन्दोलनमा विपक्षी पार्टिहरुको पनि समर्थन वढ्दै गयो । आन्दोलनका क्रममा कयौ मानिसहरुको गोली हानी हत्या गरियो । आन्दोलन चर्कदै गएपछि त्यहाँको अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतिशतमा झारेको घोषणा ग¥यो । त्यसपछि केही दिन मत्थर भएको आन्दोलन फेरि तात्न थाल्यो । आन्दोलन तात्नुमा प्रधानमन्त्री शेख हसिनाको आन्दोलनकारीहरु प्रतिको कठोर निती रहेको वताईएको छ । आन्दोलन वढ्दै गएपछि प्रहरीवाट वल प्रयोग गरियो । आन्दोलनलाई दवाउन सकिने वुझार्ईमा रहेकी हसिनाले प्रहरी र सेनालाई आन्दोलन दवाउन जस्तेसुकै कदम चाल्न आदेश दिईन् । आईतवार दिनभरी र राती आन्दोलनले उग्र रुप लियो । आन्दोलनकारीहरुको ढाका मार्च सुरु भएको र उक्त मार्चलाई असफल पार्न सकेको खण्डमा आन्दोलन दवाउन सकिने वुझेकी प्रधानमन्त्री शेख हसिनाले दिएको आदेशलाई त्यहाको सेनाले मानेन । जनताको ढूलो संख्या आन्दोलनमा रहेको र त्यसलाई नियन्त्रण गर्न नसमिने भन्दै प्रधानमन्त्रीलाई राजिनामा दिएर सुरक्षीत ठाँउमा जान सेनाले प्रधानमन्त्री हसिनालाई भन्यो त्यसपछि प्रधानमन्त्री हसिनाले देशवासीका नाममा संवोधन गर्न समेत नभ्याईकन देश छाडेर भग्नु पर्ने अवस्था आयो । थोरै समय पनि ढिला भएको भए शेख हसिना माथि शारिरिक आक्रमण पनि हुन सक्ने अवस्थाको वारेमा सेनाले व्रिफिङ गरेपछि हसिनालाई सेनाको सुरक्षामा सोमवार दिउसो हेलिकोप्टरवाट भारत पठाईयो । उनि हेलिकोप्टरवाट भारतको त्रिपुरा पुगेकी थिइन् । उनि वेलायतमा जाने वताईएको भएपनि वेलायतले शरण दिन नमानेपछि हाल भारतमै निर्वासनमा रहने वताईएको छ । हाल वंगलादेशमा अन्तराष्ट्रिय नोवेल पुरस्कार विजेता महोम्द युनुसको नेतृत्वमा अन्तरिमा सरकार वनेको छ ।
छिमेकी राष्ट्र वंगलादेशमा दुई तिहाई मत प्राप्त प्रधानमन्त्रीले सरकारवाट राजिनामा दिएर मुलुकनै छोडेर हिड्नुपर्ने अवस्था आएको घट्नाले नेपालमा पनि एक खालको तरङ्ग उत्पन्न भएको छ । वंगलादेशमा आन्दोलन सुरु हुनुको प्रमुख कारण वेरोजगारी हो भने अन्य कारणहरुमा भ्रष्ट्राचार, कुशासन, अनियमितता जस्ता कुराहरु हुन् । वंगलादेशमा रहेको गरीवीलाई समूल रुपमा नष्ट गर्दै वंगलादेशलाई छोटो समयमा धनी राष्ट्र वनाउन प्रधानमन्त्री शेख हसिनाको महत्वपूर्ण भूमिका रहेको छ । वंगलादेशमा हसिनालाई आरन लेडिको संज्ञा दिदै आएको छ । त्यस्तो सफल राजनितीज्ञको छवी वनाएकी हसिनाको जनता प्रति दृष्टि पु¥याउन नसक्दा सत्ता च्युत हुनु परेको छ । नेपालमा पनि अवस्था वंगलादेशको जस्तै छ । वेरोजगारी अत्याधिक मात्रामा वढेको कारण प्रत्येक वर्ष लाखौ लाख जनता विदेश पलायन भईरहेको अवस्था छ । मुलुकमा कुशासन छ, ठूला राजनितीक पार्टिका नेताहरु भ्रष्टाचारमा मुछिएका छन् । गण्डतन्त्र प्राप्ती पछिका १८ वर्ष र संविधान निर्माण पछिका ७÷८ वर्षहरु त्यसै व्यतित भएका छन् । जनताले राहतको अनुभूति गर्न पाएका छैनन् । आफ्ना कार्यकर्ताको व्यवस्थापनका लागि मुलुक र जनतालाई चाँहिदै नचाहिएको संघियता र प्रदेश संरचना लादिएको छ । त्यसले गर्दा मुलुकको विकास वजेट जनप्रतिनिधीहरुको तलव भत्तामै खर्च भईरहेको छ । मुलुकले वर्षेनी ९ अर्व भन्दा वढि व्ययभार संधियताका लागि गर्नुपरेको छ । यस्तो अवस्था हुँदा हँदै पनि ठूला राजनितीक दलहरु संधियताको वारेमा र प्रदेश संरचनाको वारेमा पुर्नविचार गर्ने सोचमा देखिएका छैनन् । जनतालाई सधैभरी आफ्ना दाश हुन् ,हामीले भनेपछि जे पनि हुन्छ भन्ने मानसिकता नेताहरुमा पलाएको छ । यी र यस्तै कारणले जनतामा असन्तुष्टि वढ्दै गएको छ । वंगलादेशमा भएको घट्नावाट नेपाली नेताहरुले पाठ सिकेर आफुलाई सुधार्ने, र संविधान संसोधन गरि मुलुक र जनतालार्ई आवश्यक नभएको प्रदेश संरचना जस्तो खर्चिलो संरचनालाई हटाउने र जनताका असन्तुष्टीहरुलाई संवोधन गर्ने काम भएन भने जनताहरु यीनै नेताहरुको विरुद्धमा उत्रने समय नआउला भन्न सकिदैन । जनतालाई सधै ढाट्न सकिदैन भन्ने कुरो नेताहरुले वुझ्नु जरुरी छ ।