पोखरा जेष्ठ २५,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्व अदालतको परमादेशवाट जेष्ठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने समय आषाढ १४ गते सम्म हुँदा हँदै जेष्ठ २८ गते सोमवार विश्वासको मत लिने तयारी गरेका छन् यसका लागि प्रदेश सभाको वैठक आव्हान भईसकेको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर निती तथा कार्यक्रम र वजेट ल्याउने तयारी गरेको वुझिएको छ । तर मुख्यमन्त्री पाण्डेले प्रदेश सभावाट विश्वासको मत पाउने स्पष्ट आधार भने तयार भईसकेको देखिदैन ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७ जना सदस्य रहेका छन् प्रदेश सभामा यो सवै भन्दा ठूलो पार्टि हो । नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका सभामुख सहित ८ जना राप्रपाका २ जना र १ जना स्वतन्त्र सांसद रहेका छन् । माओवादी केन्द्रका सभामुखले मत दिन नपाउने र १ जना सांसद माओवादीको चुनाव चिन्हवाट चुनाव लडेका समाजवादी पार्टिका फडिन्द्र देवकोटा हुन् । यस भन्दा अगाडि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले अधिकारीले विश्वासको मतका लागि एमालेका २२, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसद १ गरि ३ जनाको मत प्राप्त गरेका थिए । प्रदेश सभावाट सभामुख कृष्ण प्रसाद धितालले ३० लाई नै बहुमत मानेर अधिकारीले विश्वासको मत पाएको घोषाण गरेका थिए । उक्त घोषणालाई असंवैधानीक भन्दै अदालत पुगेका काँग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको पक्षमा अदालतले फैसला गरेपछि पाण्डे प्रदेश सभामा सवै भन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका छन् ।
यसै परिवेसमा पाण्डेले आफ्ना २७, राप्रपाका २, स्वतन्त्र सांसद राजिव गुरुङ, र समाजवादी पार्टिका फडिन्द्र देवकोटाको समर्थमा विश्वासको मत लिने तयारी गरेको वुझिएको छ । स्वतन्त्र सांसद गुरुङले गण्डकीमा मद्यावधी हुन नदिने वताईरहेका र जता जाँदा मन्त्री पद पाईन्छ उतै जाने चरित्र गुरुङको देखिएकाले उनले पाण्डेलाई समर्थन गर्ने काँग्रेसको आशा छ । यसरी गुरुङले र २ सिट भएको राप्रपाले समर्थन गरेको खण्डमा पाण्डेसंग ३० मत पुग्दछ । नेपाल समाजवादी पार्टिका सांसद देवकोलाई माओवादीको ह्वीप लाग्ने भएपनि उनले फ्लोर क्रस गरेर पाण्डेलाई मत दिने आशाका साथ उनले विश्वासको मत लिन लागेको वतार्ईएको छ । यसका लागि पाण्डेले काठमाण्डौ गएर शिर्ष नताहरुस.ग भेटघाट गरेर फर्किएको चर्चा छ । यदी पाण्डेले विश्वासको मत प्राप्त गर्न सकेनन् भने संविधानको धारा १६८ को उपधारा ५ प्रारम्भ हुने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।