पोखरा माघ २९,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकी प्रदेश अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले कृष्णवहादुर नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुर शर्मा पौडेल, र उप सचिवहरुमा सुष्मा काफ्ले,टिकारामा पौडेल र विवेक भूजेल चयन भएका छन् । त्यसै गरि अधिवेसनले खुल्ला तर्फका पदाधिकारी सहित १४३ सदस्य निर्वाचित गर्नुपर्ने भएपनि पदाधिकारी सहित १०२ निर्वाचित भए भने ४१ सदस्य रिक्त रहेका छन् । उमेद्धवारहरु नभएको कारण ति पदहरु रिक्त रहेको वताईएको छ । अधिवेसनको वन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्षता सो पार्टिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गरेका थिए । २७ गते सम्पन्न गर्ने भनिएको सो पार्टिको प्रदेश अधिवेसन १ दिन लम्विएर २८ गते दिउसो सम्पन्न भएको हो । निर्वाचन सम्पन्न भएपछि निर्वाचित अध्यक्ष कृष्ण वहादुर नेपाली लगायत पदाधिकारी र सदस्यहरुलाई वरिष्ठ उपाध्यक्ष पाण्डेले प्रमाण पत्र प्रदान गरेका थिए । प्रदेश अधिवेसनमा अधिकांश नयाँ अनुहारहरु आएका छन् भने पुरानो कमिटीमा वसेर काम गरेकाहरुले कमिटीमा दोहरिने ईच्छा ब्यक्त गरेको देखिएन । २७ गते रातभरी सहमतीको प्रयास गरिएको भएपनि सो सफल हुन नसकेपछि २८ गते वरिष्ठ उपाध्यक्ष पाण्डेले केही समय मेहनत गरेर सर्वसम्मत गराएका थिए ।

यस अघि अधिवेसनको २६ गते शनिवार पोखरा सभागृहमा आयोजित कार्यक्रममा सो पार्टिका अध्यक्ष माधव कुमार नेपालले उद्धघाटन गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै प्रधानमन्त्री केपि ओलीमा अध्यादेशले मुलुक चलाउने सोच फेरी पलाएको र यसमा काँग्रेसले साथ दिनु आश्चर्यजनक कुरा भएको वताए । संसदमा दुई पार्टिको वहुमत हुदाहुँदै संसलाई छलेर अध्यादेश ल्याउनु बल मिच्याई भएको नेपालले वताए । सामाजिक सञ्जाल नियमन अध्यादेश ल्याएर नागरिकको मौलिक स्वतन्त्रता हनन गर्ने सरकारको नियत वेठिक रहेको नेपालले वताए । गलत प्रवृतिको विरुद्ध सदन र सडमा विरोध गर्ने नेपालले वताए । उद्धघाटन समारोहमा सो पार्टिका सम्मानित नेता झलनाथ खनालले दुई ठूला पािर्ट नेतृत्वको सरकारसंग जनता सन्तुष्ठ नरहेको वताए । सरकारले डेलभरी दिन नसकेको, संविधान संसोधनको कुरा उठाएर साना दललाई त्रर्साउन खोजेको भन्दै संविधान संसोधन संसदको दुई तिहाईबाट मात्रै संसोधन गर्छु भन्ने दिवा स्वप्ना नदेख्न चेतावनी दिए । यो संविधान संसोधन गर्ने र दुई पार्टि प्रणालीमा जाने सोच यदि एमाले काँग्रेसले राखेका हुन भने उनिहरुको योजना नेपाली जनताले विफल पारिदिने खनालले वताए । कार्यक्रमका अर्का वक्ता नेकपा एकिकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले केपि ओलीले संविधान च्यातेर धुजा धुजा पार्ने कोशिस गरेपछि आफुहरुले निभ्न लागेको वत्तिलाई हातमा उठाएर फेरि वाल्ने केसिस गरेको वताए । नेपालको कम्युनिष्ट आन्दोलनलाई आफुहरुले पुर्नगठन गर्ने आँट गरेको वताउदै पाण्डेले आफुहरु सानो भएपनि सहि निती लिएको कारण आफ्नो पार्टिमा नेपाली जनता गोलवन्द हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महासचिव धनश्याम भूषालले नेकपा एकिकृत समाजवादीले अव सरकार विरुद्धको आन्दोलनलाई ससक्त वनाउने वताए । समाजमा रहेका सवै समूदाय र क्षेत्रका मानिसहरुलाई सरकारले गरेका नराम्रा काम र भ्रष्ट्रचारीहरुलाई संरक्षण गर्ने कार्यको वारेमा जानकारी गराईने भूषाले वताए । मुलुक भ्रष्ट्राचारले आक्रान्त परिरहेको ठूला खालका भ्रष्ट्राचारीहरुलाई धमाधम उन्मुक्ति दिईएको, जनताका समस्या समाधान गर्ने भन्दा पनि भ्रष्ट्रचारीहरुलाई उन्मुक्ति दिने काममा सरकार लागेको भन्दै यो सरकारको विरुद्ध जनतालाई सचते वनाउने समय आईसकेकाले आफ्नो पार्टि आन्दोलनमा जाने वताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, अर्का पालिटव्यूरो सदस्य दिल कुमारी पन्त, नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकीका उपाध्यक्ष धनञ्जय खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टि गण्डकीका सचिव वरुण विक्रम राणा, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर वराल, नेकपाका केन्द्रिय सदस्य उमेश सिके, नेपाल समाजवादी पार्टि नयाँ शक्तिका टिकाराम पौडेल लगातले अधिवेसनको सफलताको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । नेकपा एकिकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उप सचिव शर्मिला पौडेल र कार्यक्रमको सञ्चालन सचिव कृष्ण नेपालीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।