पोखरा श्रावण १९,
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. ४,५,६, र ९ का वडा एरियामा सडकका पेटीमा बसी माग्दै हिड्ने, जोगीको भेष गरी हिड्ने महिला, पुरुष, बालबालिका तथा भारतिय मुलुकका नागरिक, बालबालिकाहरु सहित २२ जना मानिसहरुलाई उद्दार गरी पोखरा महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाईएको कास्की प्रहरीले जनाएको छ । जसमध्य महानगरको समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेम्जा, ४ जना बालक बाल हेल्पलाईन अम्मरसिंह र ८ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन पठाईएको जिल्ला प्रहरी कार्यालयय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए ।
भिक्षा माग्ने काम कानुनले निषेध गरेको काम हो तसर्थ पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न नदिने कास्की प्रहरीले जनाएको छ । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई समेत रोक लगाईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।