पोखरा फागुन ५,
पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका थिए । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमीमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी रहेका थिए । म्याराथनमा केन्याली धावकहरुले वर्चस्व कायम राखे । खुला म्याराथनतर्फ प्रथम, द्धितिय र तृतिय स्थान केन्याली धावकहरुले हाँसिल गरे निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै केन्याली धावक जुलियास मुरियाली वाहोमल प्रथम भए । त्यसै गरि केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समयमा पुरा गरि दोश्रो भए । तृतिय स्थान हाँसिल गरेका अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरेका थिए । उक्त म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले चौथो स्थानमा हाँसिल गरे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरेका थिए । खुला म्याराथनतर्फ पहिलो भएका जुलियासले नगद रु ५ लाख, दोश्रो भएका इसाक किहाराले नगद ३ लाख, तेश्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगोटीले ३० हजार नगद पुरस्कार जितेका छन् ।

त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम भईन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । त्यसैगरि केन्याली धावक अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै राममायाँ बुढा तेश्रो भईन् । र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् । यस्तै पुरुष १० किमि दौडमा टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो सन्जिब नेपाली तेश्रो भए । महिला १० किमि दौडमा आशा रावत पहिलो सिमा चौधरी दोश्रो र नम्रता गुरुङ तेश्रो भएका छन् । ५ किछि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् । ५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।
महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ , पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ र पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गरेका छन् । म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार विहान पोखरा रंगशालामा शुभारम्भ गरेका थिए । म्याराथनको रन फर फन इभेन्टमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।