पोखरा, भाद्र १४,
नेकपा माओवादी केन्द्र सहितका ४ दलको संयुक्त मोर्चा समाजवादी मोर्चाको गण्डकी प्रदेश स्तरिय सन्देश सभा भोली भाद्र १५ गते पोखरामा हुने भएको छ । भोली पोखरा सभागृहमा हुने सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सांवोधन गर्ने कार्यक्रम रहेको आज मोर्चाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो । सन्देश सभामा कास्की लगायत ११ जिल्लावाट ४ वटै पार्टिका नेता कार्यकर्ता पोखरा आउने भएका छन् । संघियता, लोकतान्त्रिक गण्तन्त्र, सुशासन आर्थिक संमृद्धि र सामाजिक न्याय सहितको नेपाली विषेशताको समाजवाद स्थापना गर्ने उदेश्यका साथ स्थापना भएको समाजवादी मोर्चाको केन्द्रिय कार्यक्रम अनुसार पोखरामा भोलीका लागि सन्देश सभा आयोजना गरिएको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पत्रकार सम्मेलनमा वताए ।
समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति समेत गठन गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस बक्तव्यमा जनाईएको छ । समितिमा ४ वटै दलवाट ३÷३ जना प्रतिनिधि रहने र मोर्चाको अध्यक्षता आलोपालो प्रणाली मार्फत गरिने वताईएको छ । संयोजन समितिमा नेकपा माओवादी केन्द्रवाट गायत्री गुरुङ, यमनाथ गैरे र जगननाथ खनाल, नेकपा एकिकृत समाजवादीवाट केशवलाल श्रेष्ठ, श्रीनाथ वराल र प्रतापलाल श्रेष्ठ,जनता समाजवादी पार्टिवाट गोपाल गुरुङ, निर्मल जिसी, र रमेश नेपाली तथा नेकपावाट राजन सी, दिपा सी, र काजी सी रहेका छन् । हाललाई ४ महिनाको लागि नेकपा माओवादी केन्द्रका गायत्री गुरुङले अध्यक्षता गर्ने तय भएको छ । संयोजन समितीले जारी गरेको प्रेस वक्तव्यमा नेकपा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकिकृत समाजवादी गण्डकीका कार्यवहाक अध्यक्ष श्रीनाथ वराल, जनता समाजवादी गण्डकीका अध्यक्ष गोपाल गुरुङ र नेकपाका पोलिटव्यूरो सदस्य राजन सीले हस्ताक्षर गरेका छन् । पत्रकार समममेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर नेकपा माओवादी केन्द्रका सचिजव देवेन्द्र पौडेल र नेकपा एकिकृत समाजवादीका स्थायी कमटिी सदस्य तुल वहादुर गुरुङले दिएका थिए ।

१ प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।