पोखरा, कार्तिक २४

पोखरा महानगरपालिका वडा नं १४मा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं वार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गरेका थिए । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै मन्त्री वस्यालले ’समृद्ध नेपाल सुखी नेपाली ’ भन्ने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । सहकारीको सामाजिक जिवनमा वहुआयामिक महत्व रहेको वताउदै मन्त्री वस्यालले पर्यटन , शिक्षा, उद्योग , व्यापार लगायत संग सहकारी प्रत्यक्ष जोडिएको हुनाले यसको सही रुपमा सञ्चालन हुन सकेमा समाजको सवैक्षेत्रले फार्ईदा लिन सक्ने वताए । सहकारीहरु केही सहकारीका सञ्चालकहरुका कारण वद्नाम भएको वताउदै सहकारी सञ्चालकहरुले सहकारीको सञ्चालनमा बिषेश ध्यान पु¥याउनुपर्ने मन्त्री वस्यालले वताए । सहकारीहरुले केवल नाफा मुखी मात्रै नभएर उत्पादनको क्षेत्रमा रकम परिचालन गरि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने मन्त्री बस्यालले वताए । उनले सहकारीको अवधारणा , मुल्य – मान्यता अनि सहकारीका सात सिद्धान्तलाई टेकेर करोवार गर्ने हो भने कुनै पनि सहकारीहरु धारासायी नहुने वताए । मन्त्री बस्यालले एकता सहकारीको प्रतिवेदन र अन्य कुरा अध्ययन गर्दा सहकारीले शेयर सदस्यहरुको हितलाई शिरमा राखेर कारोवार गरेको देखियो , यो ज्यादै सर्हानिय रहेको आफुले पाएको बताए । पोखरा पर्यटनको राजधानी भएको वताउदै मन्त्री वस्यालले सहकारीलार्ई पर्यटनको विकास र प्रवर्धनमा लगाउन सके ठूलो परिवर्तन आउन सक्ने वताए । प्रदेश सरकारले गण्डकी प्रदेशकै आफ्नो औद्योगिक क्षेत्र निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरेको पनि मन्त्री वस्यालले कार्याक्रका अवसरमा वताएका थिए ।
कार्यक्रममा विषेश अतिथि सहकारीका संस्थापक अध्यक्ष बालकृष्ण काउछा मगरले एकता सहकारीले नाम जस्तै काम गरेकोमा खुशी ब्यक्त गरे । सहकारीले कठिन अवस्थामा पनि शेयर सदस्यको विश्वास जितेर काम गरेकोमा सञ्चालक समितिलाई धन्यवाद दिए । कार्यक्रमका अर्का विषेश अतिथी पोखरा महानगरपालिका वडानं १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले आफ्नो वडामा १४ वटा सहकारी सञ्चालनमा रहेको र ती सहकारीहरु सवै जोखिम मुक्त रहेको भन्दै यी सहकारीलाई डुब्न नदिने प्रतिवद्धता गरे । उनले सबै सहकारी सक्षम रहेको भन्दै शेयर सदस्यहरुको रकम सुरक्षित राखी व्यवसाय सञ्चालनमा ल्याउन आफु लागि परेको वताए । अध्यक्ष कार्कीले सहकारीहरु सहकारीका ७ सिदान्त अनुसार चल्ने हो भने सहकारीमा समस्या नआउने वताए ।
सल्लाहाकार नवराज सुवेदीले केही सहकारीका ठगहरुका कारण सहकारी क्षेत्रनै वद्नाम भईरहेको वताए । एकता सहकारीले कठिन अवस्थामा पनि शेयर सदस्यहरुको पैसा फिर्ता गर्न सकेको र हाल पनि सहकारीमा प्रयाप्त तरलता भएकाले ढुक्क भएर कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे ।
एकता बचत तथा ऋण सहकारी संस्था लि . का अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व लेखा समितिका संयोजक ज्योति वावु पौडेल, शेयर सदस्य केशबराज भट्टराई लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तिलकप्रसाद तिवारीले स्वागत मन्तव्य, सचिव रामबहादुर मगरले कार्यक्रम सञ्चालन तथा कार्यसमिती सदस्य ज्योति तामाङ्गले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
साधारण सभामा अध्यक्ष सुदर्शन पौडेलले प्रस्तुत गरेको सहकारीको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खुमबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका संयोजक विश्वनाथ ओझा द्वारा प्रस्तुत लेखा समितीको प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको थियो ।
सो अवसरमा जेष्ठ नागरिक सम्मान, संस्थामा उत्कृष्ट कारोवार गर्ने कारोवारीलाई सम्मान, शेयर सदस्यका छोरा छोरी मध्येबाट कक्षा १२मा उत्कृष्ट नम्बर ल्याउने दुई जना छात्र छात्रा सम्मान एवं उत्कृष्ट कर्मचारी सम्मानबाट बिभिन्न व्यक्ति हरुलाई सम्मानित गरिएको थियो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिमा रिक्त रहेको एक सदस्यमा शेयर सदस्यहरु मध्येबाट श्रीराम सिग्देललाई निर्वाचित गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।