पोखरा फागुन १५,
नेकपा एमाले सरकारवाट वाहिरिएको छ । पौष १० गते आफ्नै पार्टिको अगुवाईमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री वनाएको एमाले दुई महिना ५ दिन सरकारमा वसेर वाहिरिएको छ । नेकपा एमालेले फागुन २५ गते राष्ट्रपति निर्वाचन सम्म सरकार नछाड्ने निर्णय गरेको दुई दिन पछिनै सरकार छाड्ने निर्णय गरेको छ । सोमवार वसेको सचिवालय वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारवाट वाहिरिने निर्णय गरेको हो । एमालेवाट मनत्री वनेका उप प्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल लगायतका मन्त्रीहरुले सोमवारनै प्रधानमन्त्रीलाई भेटेर राजिनामा वुझाएका छन् ।
राष्ट्रपतिको निर्वाचनमा पार्टिका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलार्ई उमेद्धवार वनाएको एमालेले नेकपा माओवादी सहित गठवन्धनका केही मत तान्न सकिने आशाका साथ सरकार नछाड्ने नरम निती लिएको थियो तर प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला पैडेलको जेनेभा भ्रमण रोक लगाएपछि प्रधामन्त्रीसंग क्रुद्ध वनेको एमालेले सरकार छाड्ने निर्णय गरेको थियो । एमालेले सजिलै सरकार नछाड्ने संकेत देखेपछि प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमणमा रोक लगाएर एमालेलाई सरकार छाड्न नैतिक दवाव श्रीजना गरेको चर्चा राजनितीक वित्तमा छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।