पोखरा वैशाख ६,
नेकपा एकीकृत समाजवादीका नेता दिर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, नाउपा र स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् ।

यस अधि नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने कुरा विहिवार विहान सार्वजनिक गरेको थियो । नेकपा एमालेले समर्थन नगरे नेपाली काँग्रेसले सोडारीलाई मुख्यमनत्रीमा समर्थन गर्ने संकेत दिएपछि केन्द्रिय सत्ता गठवन्धनमा दरार आउने संभावनालाई मद्यनजर गर्दै अन्तिम समयमा आएर नेकपा एमालेले सोडारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । यस अधि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र काँग्रेस सभापति शेर वहादुर देउवाका विचमा वुधवार साँझ भेटवार्ता भएको विषयले पनि एमाले झस्केको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।