पोखरा असोज १५,
पोखराको सुर्यदर्शन सहकारी अपचलनमा दोषी देखिएका एकजनालाई प्रहरीले पोखरा ४ गैहपाटनवाट पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल ललितपुर म.न.पा. वडा नं. १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाई रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुखमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी रु. तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको प्रहरलिे जनाएको छ । पछाईलाई असोज १४ गते सोमवार पक्राउ गरि अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । यस अगाडि असोज ६ गते आईतवार गोरखा मिडियाका सञ्चालक नेपाल प्रहरीका पूर्व डिआईजी छवीलाल जोशीलाई काठमाण्डौ प्रहरीले पक्रउ गरेको थियो । उनलाई कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।