पोखरा माघ २४,
सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरेर शुभारम्भ गरेका थिए ।
शिविरबाट नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने महानिर्देशक परियारले वताए । सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहजहोस् भनेर पोखरामा शिविर सञ्चालन गरिएको परियारले वताए ।
वार्षिक कार्ययोजना अनुसार तालिका बनाएर देशभर नै घुम्ती सेवा शिविर सञ्चालन गरिने महानिर्देशकको भनाई थियो । शिविरमा ६ जना सञ्चारकर्मीहरुले सेवा दिएका छन् । कास्कीसहित स्याङ्जा, मुस्ताङका सञ्चारकर्मीले पनि शिविरबाट सेवा लिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले वताए ।