पोखरा श्रावण ९,
सौर्य एयरलाईन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक दुर्घट्ना हँुदा १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि काठमाण्डौवाट पोखरा जानेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट उडेको केही वेरमा दुघट्नाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान कन्टेनरमा ठोकिएर दुई टुक्रा भएको थियो त्यपछि विमानमा दनदनी आगो वलेको थियो । दनदनी वलेको जहाजलाई अग्नी नियन्त्रक यन्त्रहरुले आगो निभाउने प्रयसा गरेको भएपनि आगो नियन्त्रण हुन सकेन । जहाजका पाईलट मनिषरत्न शाक्यलाई जिवितै उद्धार गरिएको थियो भने जहाजमा सवार अन्य सवै १८ जना यात्रुको मृत्यु भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानका चालक शाक्यको अनुहार र मेरुदण्डमा चोट लोगेको छ । उनको मेरुदण्डको अपरेशन भईरहेको जनाईएको छ ।
जहाजको ईन्जिन चेक गर्न भन्दै १ महिनाका लागि पोखराको विमानस्थलमा ह्याङगरमा राखेर मर्मत गर्ने हिसावले विमान पोखरा आउन थालेको वताईन्छ । विमानमा एरोनोटिकल ईन्जिनयिरहरु,, सौर्य एयरलाईन्सका कर्मचारीहरु लगायत परेका छन् । एकै परिवारका ३ जनाको सोही विमान दुर्घट्नामा परि मृत्यु भएको छ । विमान दुर्घट्नामा परि ईन्जिनियर मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजको मृत्यु भएको छ । मृतकहरुको पोष्टमार्टम शिक्षण अस्पत्तालमा भईरहेको र ३ दिन भित्र परिवारलाई वुझाईने वतार्ईएको छ ।
यसै विच आज वसेको मन्त्री परिषदको आकस्मीक वैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय विमान दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुरुङले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।