पोखरा पौष १,
पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति भएको छ ।
पोखरा –१५वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा विहिवार हस्ताक्षर भएको छ ।
सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ पोखरा १५ ले सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुने वताईएको छ ।
सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । सो अवसरमा आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले वडानं १५ले प्रस्तुत गरेका स्वास्थ्य सुधारका कार्यक्रमलाई आफुहरुले सकारात्मक रुपमा लिदै सहकार्य गर्न तयार रहेको बताए ।
यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले वडा नं १५का वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताए ।
कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल,सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोला लगायतले वडा नं १५ले वडावासीहरुका लागि अगाडि सारेको स्वास्थ्य कार्यक्रममा आईएनएफको सहयोगको प्रसंसा गरेका थिए ।