पोखरा फागुन २८,
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारहरुका लागि शुक्रवार देखि सुरु भएको भाषा सम्पादन तालिम आईतवार सम्पन्न भएको छ । ३ दिन सम्म सञ्चलन भएकोे तालिम पोखरा महानगरपालिकको सहयोगमा आयोजना गरिएको थियो । तालिममा ५५ जना क्रिासिल पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको समापन पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रमुख आचार्यले प्रतिवद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ लगायतले बोलेका थिए । महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए । तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती र विमल आचार्यले प्रशिक्षण दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।