काठमाण्डौ

मुलुकभरी प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र रहेका छन् । १६५ निर्वाचन क्षेत्र मध्ये ६१ वटा निर्वाचन क्षेत्र महिला उमेद्धवार विहिन वनेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभाका ६१ निर्वाचन क्षेत्रमा कुनै पनि राजनितीक दलले महिलालाई उमेद्धवार वनाएका छैनन् । ती क्षेत्रहरुमा स्वतन्त्रवाट समेत महिला उमेद्धवार नभएको आयोगले हालै प्रकाशित गरेको प्रेस नोटमा जनाएको छ । वढि महिला उमेद्धवार विहिन वनेको प्रदेशमा मधेश प्रदेश रहेको छ भने कममा वाग्मती प्रदेश वनेको छ । मधेश प्रदेशका १५ वटा निर्वाचन क्षेत्र, प्रदेश नं १ का ११ वटा निर्वाचन क्षेत्र, सुदुर पश्चिम प्रदेशका १०, कर्णाली प्रदेशका ९,लुम्विीनीका ६, गण्डकीका ६ र वाग्मती प्रदेशका ४ निर्वाचन क्षेत्र महिला उमेद्धवार विहिन वनेका छन् ।
यसरी महिला उमेद्धवार नरहेका क्षेत्रहरुमा मधेश प्रदेशका पर्सा १,२,३,४, वारा १,२ र ४ रौतहट २ र ३ महोत्तरी २ र ४ धनुषा १,२ र ४ सप्तरी ३ रहेका छन् । प्रदेश नं १ का धनकुटा १,खोटाङ, ताप्लेजुङ, ईलाम १, संखुवासभा, भोजपुर १ पाँचथर,मोरङ ४ र ६ झापा ३ र सुनसरी ४ रहेका छन् । त्यस्तै सुदुर पश्चिम प्रदेशका वाजुरा , अछाम १ र २, बझाङ, डडेलधुरा, कैलाली २ र ४ दार्चुला, वैतडि र कञ्चनपुर २ रहेका छन् । कर्णली प्रदेशका हुम्ला, डोल्पा, मुगु, दैलेख , जाजरकोट, रुकुम पश्चिम सल्यान, कालिकोट र सुर्खेत १ रहेका छन् । त्यसै गरि लुम्विीनी प्रदेशका रुकुम पूर्व, वर्दिया १ र २,वाँके ३ पाल्पा १,र रुपन्देशी ४ रहेका छन् । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, वाग्लुङ १, लमजुङ, गोरखा २, र नवरपरासी पूर्व २ रहेका छन् । वाग्मती प्रदेशका मकवानपुर २, धादिङ १, काभ्रे २ र दोलखामा महिला उमेद्धवार रहेका छैनन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।